गोंगबुबाट अपहरित ८ वर्षीय बालकको हत्या

मंगलबार बेलुकी गोंगबुबाट हराएका बालकको हत्या भएको छ ।
गोंगबुमा अवस्थित स्वस्तिका त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका ८ वर्षीय छोरा प्रयास कुँवरको हत्या गरी फालिएको अवस्थामा शब फेला परेको हो ।
दुई दिन अघिबाट हराएका ती बालकको शब हत्या गरेर झोलामा पोको पारी फोहोरको थुप्रोमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बालकको अपहरण पश्चात् प्रहरीले शंकाको घेरामा रहेका सोही गेष्ट हाउसका ड्राइभरलाई बुधबार अनुसन्धानका लागि हिरासतमा लिएको थियो । उनै ड्राइभरको बयान पश्चात् प्रहरीले बालकको शब म्हैपीको पुलमुनि फोहरको थुप्रोमा फालिएको अवस्थामा फेला पारेको हो ।

बालकको अपहराण र हत्या सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *