नेपाली सेनाका १ सय ८७ जनालाई कोर्ट मार्शल

नेपाली सेनाले आफ्नो संगठन भित्रका २३ जना अधिकृत सहित कूल १ सय ८७ जनालाई सांगठनिक कारबाही कोर्ट मार्शलको लागि सिफारिस गरेको छ।
नेपाली सेनामा गरिने भर्ना प्रक्रिया अन्तर्गत विभिन्न पदहरुको भर्नामा भएको अनियमिततामा संलग्न भएको आरोपमा सो अनियमिततामा संलग्नहरुलाई सेनाले कारबाही गरेको हो। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार गत जेठ महिनामा सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ ईन्क्वायरीले छानबिन गरी उक्त भर्ना प्रक्रियामा २३ अधिकृत सहित कूल १८७ जना दोषी देखिएको भन्दै जनरल समरी सैनिक अदालत (कोर्ट मार्शल) को लागि सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *