 |
|
|
|
|
|
|
|
हाम्रो बारेमा |
| |
|
|
एक्काइसौं शताब्दीको पूर्व
सन्ध्यामा आजको विश्व सूचना प्रविधिको विकाशले एउटै परिवार जसरी साँघुरिएको छ ।
हिजोको जस्तो परेवाले समाचार पत्रलाई बोकेर जाने र डाँडामा बसेर कौलासने जस्ता
प्रक्रियाहरुलाई पार गर्दै आज हामी एउटा सानो कम्प्यूटरको माध्यमबाट सारा
संसारलाई आ ˆनै
मुठ्ठीभित्र कैद गर्न समेत सफल भइसकेका छौं । त्यस प्रकारका सूचना प्रदायक
माध्यमहरु अहिलेको विश्वमा अनगिन्ती जन्मिसकेका छन् । प्रवाशी नेपालीहरुको मनको
चाहना पूरा गर्न केही हदसम्म भए पनि सफल बनोस् र हरेक प्रवाशी नेपाली तथा
रोजगारीको लागि विदेशिन तत्पर सम्पूर्ण नेपालीहरुको आँखामा पर्न सकोस् भन्ने आशा
बोक्दै उनीहरुको आवश्यकता पूर्ति गर्न सकियोस् भन्ने उद्येश्यका साथ हामीले यो
नेपाल दुबई डट कम नामक ई पत्रिका - अनलाइन पत्रिका ) निकाल्ने जमर्को गरेका हौं
।
नेपाल यू.ए.ई नभई किन नेपाल दुवई
भयो त ?
यू. ए. ई. का सात ईमिरेट्स मध्ये
दुबई शहर अत्यन्तै विकशित र सम्पन्न ठाउँ हो । विश्वको हरेक क्षेत्रबाट यहाँ
मान्छेहरु ओइरिएका छन् । यसको साथ साथै हाल आएर यो शहर विश्वभरका मानिसहरुको
लागि गतिलो गन्तव्य स्थल भएको छ । विश्वको सबभन्दा अग्लो टावर पनि यहाँ नै
बनिरहेको छ र त्यसको निर्माण कार्य लगभग अन्तिमतिर पुगिसकेको छ । विश्वमा आज
यू.ए.ई भनेर हैन कि दुवई भनेर परिचित छ यो देश त्यसैले पनि हामीले नेपालदुवई
नाम रोजेका हौ ।
हामी प्रवाशमा बस्नेहरुलाई थाहा
हुन्छ कि प्रवाशको पीडा कस्तो हुन्छ भनेर । प्रवाशमा एउटै मात्र समस्या हुँदैन
। त्यहाँ अनगिन्ती समस्याले मानिसहरु जेलिइरहेका हुन्छन् । ती सबै समस्याहरुको
समाधान त हामी दिन सक्दैनौं तापनि मानिसका जीवन र जगतसित सम्बन्धित् हरेक
कुराहरुमाथि दृष्टि पुर्याउँदै त्यसलाई सबैको सामु छर्लङ्गयाउनु हाम्रो धेय
रहेको छ । आजको हाम्रोे जमर्को भनेको अहिलेसम्म पछि परेका विविध क्षेत्र, वर्ग,
र समुदायको बीचमा पुगेर तिनका समस्याहरुलाई सम्बन्धित् निकायसम्म पुर्याउनु
रहेको छ । साथै विश्वका जुनसुकै कुनामा बस्ने नेपाली किन नहोस् उसले विश्वमा भए
गरेका सम्पूर्ण गतिविधिको बारेमा जानकारी पाउन सकोस् भन्ने नै हो ।
बैदेशिक रोजगारीका लागि भौंतारिएका
नेपालीहरुले आ ˆनो
गन्तव्य विन्दू दुबईलाई बनाउनु नौलो कुरा होइन । हो यसैको फलस्वरुप आज
नेपालीहरुको चाप दिनानुदिन बढ्दो छ । बढ्दो चापसँग सँगै समस्याहरु पनि थपिएका
छन् र समाधानका लागि पनि पहल भइरहेको छ । खास रुपमा भन्नु पर्दा यू. ए. ई. मा
कार्यरत नेपालीहरुका विविध समस्याहरुलाई उजागर गर्दै विश्वभरीका ताजा ताजा
समाचारहरुलाई छिटो भन्दा छिटो नेपालीहरुका बीचमा पुर्याउने र नेपालबाट
रोजगारीको लागि यू. ए. ई. जान चाहनेहरुका लागि उपयोगी सामाग्रीहरु उपलब्ध गराउने
उद्देश्य हामीले लिएका छौं । साथै देशको बदलिंदो परिस्थिति अनुरुप नयाँ नेपाल
निर्माणको दिशामा अग्रसर हुन सारा नेपालीहरुलाई जागरुक गराउने काममा पनि हामी
निरन्तर लागिरहने छौं । ई पत्रकारिताको क्षेत्रमा भिड बढाउने मात्र होइन कि
बास्तविक सूचनाको प्रवाह गरेर हरेक मान्छेको मनमा आशिन हुन सक्ने बनाउनु हाम्रो
चुनौती रहेको छ र तदनुरुप नै हामी क्रियाशिल रहने प्रतिबद्धता समेत जाहेर गर्दछौं
। आशा छ हाम्रो यो प्रयासलाई सबैतिरबाट सहयोग र सुझाव प्राप्त हुनेछ र आगामी
दिनमा हामी त्यसलाई नै मार्गदर्शक सिद्धान्त मानेर हामीबाट हुन पुगेका हरेक
गल्तीहरुलाई सुधार्दै अगाडि बढ्नेछौं । पत्रकारिताको मूल मर्मलाई आत्मसाथ गरेर
यस क्षेत्रमा क्रियाशिल हरेक तह र तप्कासँग हातमा हात मिलाइ अगाडि बढ्नु हाम्रो
पहिलो र अन्तिम लक्ष्य हुने छ । |
|
|
|
प्रकाशक/सम्पादक |
|

दामोदर नेपाल
Email:
dnepal5@gmail.com
tikad_nepal@yahoo.com
फोन
००९७७१४११४३३४
मोबाईलः
००९७७९८५११०७१९८ |
|
|
|
|
 |
 |
|
सहसम्पादक
मनोजकुमार राना
manoj@nepaldubai.com
manojkumarrana@gmail.com
फोन ९७१ ५० २५६७३२५ |
Shesh Narayan
Jha
Marketing Director
Contact :
Himchuli Events Management
Managing Director
P. O. Box - 43694
Bur Dubai, UAE
E-mail: rishishesh@yahoo.com
rishishesh@gmail.com
sahayatra@gmail.com
Mobile: +971 50 3450521(UAE)
+977 9841262358(Nepal) |
|
| Contact Us |
For ad |
|
info@nepaldubai.com
nepaldubai@gmail.com
Phone:- 0097714114334
9779851107198
Post Box No 8973 NPC 568
Kathmandu,
Nepal |
info@nepaldubai.com
nepaldubai@gmail.com
Phone:- +971 3450521, (UAE)
Phone:- +977 14114334,
Mobile:
9851107198 (Nepal) |
|
 |
|
|
|






|
 |
|