News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू साठी वर्ष अघि र पछि भाग ५ संसद बैठक सूचना टाँसेर स्थगित
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण »
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
नेपालका प्रथम पिएचडी यादवप्रसाद पन्त

नरेन्द्रराज प्रसाई
  काठमाडौं
 

यादवप्रसाद पन्त सरलका गुरु थिए, शिष्टका साथी थिए र मृदुका नमूना  थिए । नेपालमा भद्रभलाद्मी पनि मन्त्री भए भने उनै पनि एक भए । नेपाल राष्ट्र बैंकमा इमान्दार गभर्नर भए भने उनी पनि एक भए र योग्यताबाट कोही राजदूत भएका थिए भने उनै पनि बिरालाकोटिमा देखा परेका थिए । सज्जनको खोजी गरिँदा दर्लभ बिउमा उनको नाउँले पनि ठाउँ पाएको थियो ।
पन्तको जन्म १९८२ साल मङ्सिर २ गते काठमाडौँमा भएको थियो । उनी  विष्णुप्रसाद र भीष्मकुमारीका एउटै सन्तान थिए । अनि उनले सत्र वर्षको उमेरमा सरदार रुद्रराज पाण्डेकी छोरी रमासँग लगनगाँठो कसे । त्यसपछि यिनको जीवनमा ससुरालीको पनि थप प्रभाव पर्‍यो । किनभने यिनका ससुरा एउटा अर्का विशेष व्यक्तित्व थिए ।
पन्त सानैदेखि अनुशासित थिए । बाल्यकालदेखि नै उनी पढ्नमा बढी समय दिन्थे । खास गरेर अर्थशास्त्रको अध्ययनमा यिनले मिहिनेत गरे । परिणामस्वरूप उनले त्यसैमा भारतको बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरे र नेपालमा पहिलो पिएचडी गर्ने उनै देखा परे । पिएचडी गरेको चौबीस वर्ष पुगेपछि उनलाई सोही विश्वविद्यालयले डीलिटको उपाधि पनि प्रदान गर्‍यो ।अर्थशास्त्रमा डीलिट पाउने पहिलो नेपाली पनि उनै भए ।
पिएचडी गरेपछि पन्तले त्रिचन्द्र कलेजमा पढाए । समयक्रममा उनी योजनाकारमा पनि प्रस्तुत भए । नेपालमा विकास योजनाको आरम्भसँगसँगै उनी राष्ट्रिय योजना आयोगको सदस्य भए । त्यति मात्र होइन उनी सरकारको योजना र आर्थिक कारोबारका मुख्य सल्लाहकारमा पनि नियुक्त भए । साथै उनी सरकारको अर्थ मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैङ्कको गभर्नर र आर्थीक ओगको अध्यक्ष पनि भए । आफ्नो कामको दक्षताका कारण उनी नेपालका झन्नै एक दर्जन सरकारी निकायका वित्तीय र आर्थिक प्रतिष्ठानका अध्यक्ष भए । उनका कार्यकालमा ती सबै संस्थाहरू मुलुकका आर्थिक मेरुदण्डमा बल पुर्‍याउने स्थितिमा पुगेका  थिए । ढोडको लौरोले ठडिएको संस्था पनि उनी पुगेपछि फलामका खुट्टामा रुपान्तरण हुन्थे । किनभने उनी कमिशन, घूस र भ्रष्टाचारका विरोधी थिए । उनी आर्थिक रुपबाट देश र सरकार मार्ने कर्मचारी र राजनेतालाई मुलुकको शत्रु ठान्थे ।
पन्त सरकारको कारिन्दादेखि नेतृत्वपक्षसम्म पुगे तर यिनले सधैं पूजनीय काम मात्रै गरे । उनका हरेक कार्यकाल सुनौला भए । किनभने यी योजनाका हर्कुलस र कामका भीम थिए । यी कहिल्यै हात बाँधेर बसेनन् । बाँचुन्जेल यिनले केही न केही चमत्कार गरिरहे । 
सरकारी कामकाजबाट अवकाश लिएपछि पनि पन्त नेपालमा बैङ्किङ क्षेत्रलाई फराकिलो पार्न सक्रिय भए । परिणामस्वरूप उनैको अध्यक्षतामा बैङ्क अफ काठमाडौँको स्थापना भयो । कतिपय अन्तरराट्रिय वित्तीय संस्थाहरू उनैको सल्लाह र संरक्षणमा स्थापना हुँदै पनि गए ।
पन्त नेपालमा मात्र नभएर अन्तरराट्रिय क्षेत्रमा नै आर्थिक विज्ञका रूपमा सुपरिचित थिए । विश्वका आर्थिक सम्मेलनहरुमा पनि नेपालको नेतृत्वपङ्तिबाट उनी नै पुगे । एसियाका प्राय मुलुकले उनलाई आर्थिक गुरु थापे । उनको स्पष्ट धारा, मौलिक चिन्तन र दुरदर्शी विचारबाट धेरै मुलुकले उनको प्रत्यक्ष सहयोग मागे । उनैले एसियाली विकास बैङ्कको स्थापना र त्यसको वैधानिक सर्न्दर्भमा जग हाले । त्यसैले उनी त्यस बैङ्कको बोर्ड अफ गभर्नरको अध्यक्ष पनि भए । त्यसको अध्यक्ष हुने उनी पहिलो नेपाली थिए । उनको कार्यकालमा त्यस संस्थाले अन्तरराट्रिय ख्याति कमाएको थियो । यति मात्र होइन उनी संयुक्तराष्ट्र सङ्घ नेपालको अध्यक्ष भएपछि नेपालको सामाजिक र आर्थिक क्षेत्रलाई थप टेवा मिलेको थियो ।
पन्त जापानका लागि नेपाली राजदूतहुँदा उनले नेपालको विकासका लागि जापान सरकार र जापानीलाई पनि नेपालप्रति केन्द्रित गरे । साथै यी फिलिपिन्स, कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डको राजदूत भएका बखत आनुपातिक रूपमा ती देशहरूसँग नेपालको धेरै आर्थिक कारोबार भयो । वास्तवमा उनी जहाँजहाँ जान्थे त्यहीँत्यहीँ नेपालको गरिबीको दर्दनाक सत्य कथा बोकेर जान्थे र नेपालको स्वणिर्म भविष्यका लागि आफ्नो योजना राख्ने गर्थे । सही काम गरेर नै उनको व्यक्तित्वले सधैँ फराकिलो लिस्नो चढिरहृयो । जसले गर्दा उनी दिन दुईगुना र रात चारगुनाका दरले प्रसिद्धिको कोटिमा चढिरहे ।
पन्तले नेपालको आर्थिक विकासका लागि मात्र आफ्नो दिनचर्या रोपेनन् । उनी समाजसेवाप्रति पनि समर्पित थिए । चाहे नेपाल रेडक्रसको उन्नति र प्रगतिमा होस् अनि चाहे लायन्स क्लबको तर्फबाट राष्ट्र विकास गर्नुमा होस् उनी त्यसैमा पनि टाँस्सिरहेका हुन्थे । उनी जातभात र छुवाछुतको पनि विरोधी थिए । त्यति मात्र होइन, उनी साहित्य र संस्कृतिका मर्मज्ञ थिए । त्यसैले लक्ष्मीप्रसाद देवकोटा पनि यिनको योगदानको प्रशंसा गर्थे । प्रायः देवकोटाले जाने घरमध्ये पन्तको घर पनि एउटा थियो । किनभने पन्तको घरमा साहित्यगोष्ठी पनि भइरहन्थ्यो । पन्तले नेपाल सांस्कृतिक सङ्घमा रहेर पनि काम गरे । उनी त्रिभुवन विश्वविद्यालयको कोषध्यक्ष पनि भए ।
      पन्त राष्ट्र निर्माणको महायज्ञमा समर्पित भएबापत राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनीत भए । वास्तवमा उनी २०३६ सालअगाडि राजनीतिको ुराु पनि बोल्न मान्दैन थिए । त्योभन्दा अघि उनी विशुद्ध विकासवादी प्रशासक मात्र थिए । उनको सिद्धान्त मुलुकको विकास गर्नुपर्छ भन्ने मात्र सोचाइमा केन्द्रित थियो । आर्थिक प्रशासन स्वच्छ हुनुपर्छ र मात्र राष्ट्रको विकास हुन्छ भन्ने उनको सैद्धान्तिक मान्यता थियो ।
      पन्तले प्रशासनबाट राजनीतिमा लागेपछि सोचे ुअब म जनताको सुखसमृद्धि र राष्ट्रको चौतर्फी विकासका लागि हिँड्छु । त्यसपछि उनी रातोदिन जनविकासमा नै केन्द्रित भए । उनी राजनीतिमा प्रवेशको सुरुकै दिन अर्थ तथा सामान्य प्रशासन राज्यमन्त्री भए । त्यसपछि उनले आफ्नो दक्षता देखाउँदै गए । उनी मन्त्रीमा पदोन्नति पनि भए । अनि उनले जनताको मन पनि बुझे र जनताले पनि यिनलाई चिने । भनौं उनले राजनीतिमा जनताको महत्त्व बुझन थाले । त्यसपछि उनी चुनावमा उठे र नवलपरासी जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भए । त्यसपछि उनी फेरि मन्त्री भए ।
  देशमा बहुदलीय प्रणाली आएपछि पन्त पनि सक्रिय राजनीतिबाट टाढा जान सकेनन् । त्यसैले यी समेतको सक्रियतामा पञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरे । क्रमशः उनी यस दलको कोषाध्यक्ष र उपाध्यक्ष भए । तर उनी जुनसुकै पार्टीका सरोकारवाला भए तापनि विश्वका अर्थशास्त्रीहरूमाझ उनको आफ्नै प्रकारको शिष्टाचार, सौहार्दता र योगदान थियो ।
पन्तले निरन्तर राष्ट्रको सेवा गरेबापत उनी नेपालका प्रायः ठूला विभूषणबाट विभूषित भइरहे । त्यति मात्र होइन बेलायत, जापान र कोरियाबाट ठूलाठूला विभूषण पाउने उनी प्रथम नेपाली थिए । बौद्धिक रुपमा विश्वको मूल्याङ्कन गर्न सक्ने उनको ल्यागत थियो ।
नेपालमा बुद्धिजीवीको प्रथम हारमा उभिएका पन्तले एक हजारभन्दा धेरै फुटकर लेख लेखे । उनको कलम नेपाली र अङ्ग्रेजी भाषामा बराबरी चल्थ्यो, त्यसैले दुबै भाषामा उनका बीसवटा ओजस्वी कृति प्रकाशनमा आए । उनीभित्र भएको साहित्यिक रुचिकै कारण उनकै नेतृत्वमा रुद्रराज पुरस्कारको पनि स्थापना भयो ।
अशक्त अवस्थामा पनि मुलुकबारे चिन्तन गर्नु डा।यादवप्रसाद पन्तको दैनिकी थियो । उनी निक्कै बिमारी परे र उनलाई उपचारार्थ थाइल्यान्ड पुर्‍याइयो । त्यहीँ उनको भौतिक चोलाले विर्सजन गर्‍यो । बयासी वर्षको उमेरमा २०६४ कात्तिक २८ गते आफ्नी जीवनसङ्गिनी रमा, तीन छोरा गिरीश, भुवनेश र राधेश अनि एउटी छोरी मीरालाई यस लोकमा छोडेर पन्त परलोक गए ।
लबष्उचबकबष्२gmबष्।अिom

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters