News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू पहिरोले दुई बेपत्ता, दुईको शव प्राप्त साठी वर्ष अघि र पछि भाग ४
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण »
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
नेपालको संघीयता र अन्योलता

बुद्ध चेम्जोंग
  न्युयोर्क, अमेरिका
 

हाम्रो देश नेपाल संघीय गणतन्त्र घोषित भैसकेको परिस्थितिमा अझ पनि यही विषयमा संविधानविद र सभासदहरु एक मतैक्य हुन सकिरहेका छैनन् | हाम्रो देश संघीय रुपमा विभाजन गर्दा कुन रुपले र कहाँ कसरी गर्ने भन्ने कुराहरु राजनीतिक पार्टीहरु एक हुन सकिरहेका छैनन् | यो राजनीतिक जमातमा संघीय गणतन्त्र गर्न हुन्न, नेपाल सानो देश, त्यो माथि जातीय बिखन्डन तर्फ जान्छ भन्ने समुह पनि सक्रिय छन् | नेपालमा राजतन्त्रको विरुद्द लाग्नेहरु पहिले देखि नै गणतन्त्र र संघीयता कुरा गरेको सर्वबिदितै छ | आखिर राजा हटाउनलाई मात्र संघीय गणतन्त्रको नारा लिएर राजनीतिक पार्टीहरु मिलेका हुन् त त्यो बेला ? हरेक राजनीतिक पार्टीहरु आफ्नो पार्टीको स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि भनेर मिलेर यो विकराल समस्यालाई चाडो भन्दा चाडो समाधान गर्नु पर्ने स्थिति छ | संक्रमण कालिन अबस्थामा राजनीतिक पार्टीहरु मिलेर जानु नै राम्रो देखिन्छ | अन्यथा यो समस्याले धेरै ठुलो रुपमा बढेर जानेछ । एक अर्कामा अर्कालाई घुडा टेकाएर आफ्नो कुरा मात्र मनाउने अनि लाद्न खोज्नु जनताको भावना कुल्चनु जस्तै हो ।

आज भन्दा २३५ बर्ष अघि अमेरिकामा अनि २०० बर्ष अघि स्विजरल्याण्डमा संघीय व्यवस्था लागु भएको हो | इंडियामा ब्रिटिशले छोडे पछि इन्डियन नेताहरु गान्धी, जवाहरलाल नेहरु मिलेर संघीय गणराज्य बनाए | अहिले सम्म संघीय राष्ट्रहरु संयुक्त राज्य अमेरिका, इंडिया, पाकिस्तान, स्पेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला, अस्ट्रेलिया, ब्राजिल, इथोपिया, क्यानाडा, जर्मनी, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना इत्यादी अनेकौ देशहरु छन् | संघीय राज्यहरु ठुला देश मात्र नभएर सेन्ट किट्स र नेभिस जस्ता ४०-५० हजार मात्र जनसख्या हुने पनि छन् | संघीय राज्य निर्माण कसरी गर्ने सवालमा आफ्नो आफ्नो देशमा फरक धारले बनेका उदाहरणहरु पाईएका छन् | इंडियामा प्रधानमन्त्री जवाहरलाल नेहरु क्षेत्रिय आधारमा संघीय बनाउन चाहँदा चाहदैँ पनि भाषिक तथा क्षेत्रको आधारमा संघीयतामा जान बाध्य भए |

संघीय राज्य निर्माण बिभिन्न किसिमले बन्ने गरे तापनि दुई तरिकाबाट बनेको देखिएको छ | बिभिन्न स्वतन्त्र राज्यहरुले आपसमा सम्झौता, सन्धि गरेर संघीयता निर्माण गर्छन,यसलाई Coming Together भन्ने गरिन्छ |
अमेरिका, अस्ट्रेलिया, स्विजरल्याण्ड यसरी नै बनेका हुन् | सन् १७७६ मा अमेरिकामा १३ वटा राज्य मिलेर ब्रिटिश उपनिवेस विरुद्द युद्द गरी स्वतन्त्रता प्राप्त गरे | अनि १३ राज्यहरुले साझा सुरक्षाको लागि महासंघ व्यवस्था गरी बसे, पछि सन् १७८७ मा त्यही महासंघको विकसित रुप नै अहिलेको संघीय अमेरिका हो | स्विजरल्याण्ड पनि साना साना क्यानटोनहरु मिलेर बनेको हो | संघीय राज्य बन्ने दोस्रो तरिका धेरै राज्यलाई संगै मिलाएर राख्ने हो, यसलाई Holding Together भनिन्छ | इंडिया, स्पेन, अस्ट्रिया, बेल्जियम यही Holding Together विधिबाट संघीय राज्य बनेका हुन् |

संघीय राज्यमा केन्द्रीय सरकार र राज्य सरकार हुन्छ | बिभिन्न देशमा फरक फरक नामले सम्बोधन गर्ने गरिएको छ | अमेरिका, अस्ट्रेलिया, इंडियामा State, क्यानाडामा Province, स्विजरल्याण्डमा Lander, बेल्जियममा Reigon, संयुक्त अरब एमिरटेसमा Emirates भनिन्छ | संघीय देशहरुमा केन्द्रिय र राज्य सरकारको अलग अलग संविधान हुन्छ | अमेरिका, क्यानाडा, स्विजरल्याण्ड, रुस, अस्ट्रेलिया, दक्षिण अफ्रिकामा केन्द्रिय र राज्य प्रान्तको बेग्लै संविधान छ | तर इंडिया, स्पेन, मलेसिया, पाकिस्तान, बेल्जियममा केन्द्रिय संविधान नै प्रान्तको संविधान समावेस गरिएको छ | केही संघीय देशहरुमा केन्द्रिय सरकारले बढी हस्तक्षेप गर्छ | इंडिया,पाकिस्तान, मलेसिया अर्ध संघात्मक देश हुन् |

स्वायत्त संघीय राज्यहरुमा राज्यहरुलाई विशेष अधिकार दिएको हुन्छ, केन्द्र सरकारले राज्य सरकार भंग गर्न सक्दैन | केन्द्रीय सरकारले आवश्यक क्षेत्रमा मात्र हस्तक्षेप गर्ने गर्छ | केही देशमा त्यहाँका आदिवासी जनतालाई सहुलियत दिन तथा खुशी बनाउन राजनीतिक संरक्षण दिएको हुन्छ | क्यानाडाको क्युबेक राज्य एक उदाहरण हो, त्यहा फ्रेन्च भाषीहरुको आफ्नै विदेश नीति छ | संघीय देश भित्र विशिष्ट इतिहास बोक्ने भू-भाग राज्यलाई विशिष्ट अधिकार दिएर फुट बिभाजनबाट रोक्न असमान संघीयवाद लागु गरेको पाइन्छ |

नेपालको संघीय शासकीय प्रणाली स्वरूप कस्तो हुनेछ ? अमेरिका जस्तो कार्यकारी राष्ट्रपति प्रणाली वा इंडियाको जस्तो संसदीय कार्यकारी प्रधानमन्त्री ? अलंकारिक राष्ट्रपति संसदबाट चुन्ने नजिर बसी सकेको अवस्थामा अब कार्यकारी प्रधानमन्त्री सिधै चुनाव जनताबाट कि संसदबाट कसरी चुन्ने सवालमा अझ पनि राजीनितिक पार्टीहरु एक मत छैनन् | साथै संघीय राज्यको मुख्यमन्त्री जनताले कि संसदबाट चुन्ने  ?

संघीय राष्ट्रहरुमा अदालतको महत्वपूर्ण भूमिका रहन्छ | अमेरिका, स्विजरल्याण्डमा अदालतहरु स्वायत्त छन् | तर इंडियामा अदालत एकात्मक छ, राज्य सरकारमा चित्त नबुझेको इंडियाको सर्वोच्च अदालतमा निवेदन दिन सकिन्छ | यहाँ नेपालमा हरेक जातिले स्वायत्त राज्य, स्वायत्त अदालतको माग गरी रहेका छन् | हरेक राज्यले प्राकृतिक स्रोत साधनलाई आफ्नै योजना अनुरुप भोग चलन हुनुपर्छ, यसमा केन्द्रीय सरकारले हस्तक्षेप गर्न नमिल्ने कुरा उठाई रहेका छन् |

राजा पृथ्वी नारायण शाहको एकीकरणपछि नेपालको इतिहासमा खस् पर्वतेहरु मात्र शासकको रुपमा उदाएपछि सिङ्गो मुलुक एकै जाति, एकै भाषीले मात्र हाली मुहाली भएको कारण अहिलेको यो संघीयताको कुरा आएको हो | विशेष गरी धेरै जाति अनि बहुभाषी भएको राष्ट्रमा सत्ता साझेदारी समन्वय गराउन संघीय राज्य प्रणाली लागु गरिएको देखिन्छ | उदाहरणको रुपमा इंडियामा केन्द्रीय सरकार गान्धी खलकको पकड भए पनि अरु राज्यमा त्यहीँका रैथाने स्थानीयले मुख्यमन्त्री भई सरकार चलाएका छन् | जस्तो सिक्किममा पवन चामलिंग, सन्चमान सुब्बा, नरबहादुर भण्डारी छन् | बिहारमा यादवहरु, बङ्गालमा बंगालीहरु, नागाल्याण्डमा नागाहरु मुख्यमन्त्री छन् | यी सबै जातियता र भाषिक क्षेत्रलाई मनन गरी निर्धारण गरिएको देखिन्छ | नेपालमा खस् पर्वते मात्र प्रधानमन्त्री किन हुन्छन, अरु जातिका कोही लायक छैनन् ? पंचायत कालमा १४ अंचल बनाएर १४ जना अन्चालाधिस नियुक्ति गर्दा सिधै राजाबाट मनोनित हुन्थे | अन्चालाधिस त्यो अंचलको नहुन, नपर्न पनि सक्थ्यो र उ त्यो अंचलको आदिवासी, रैथाने नभएको सप्रमाणहरु छन् | यही वितृष्णा अनि राजनीतिक उथल पुथलका कारण हरेक आदिवासी जनजाति अहिले स्वायत्त संघीय राज्यमा मोडिएका छन् ताकी भोलि स्वायत्त संघीयता भए पछि खम्बुवान, लिम्बुवान, तमुवान, शेर्पा, खसान, मधेसी, मगरात, नेवा, ताम्सालिंग राज्यमा आदिवासी जनता सत्तामा पुग्न सक्छन | संघीय राज्यको विकेन्द्रीकरणले देश विकास निर्माणमा द्रुत गति लिन्छ | र "आफ्नो गाउँ आफै बनाऔं, जस्तै आफ्नो राज्य आफै बनाऔं अनि सत्ताको हकदार आफै बनौं" यो नै अहिलेको संघीय राज्य माग्नेहरुको आवाज हो |

अन्तमा, समग्रमा संघीयता कुनै नराम्रो प्रोपोगान्डा होइन | आशा छ, संघीयताले देशलाई जातीय बिखन्डनतर्फ लाने छैन | यसलाई राम्ररी मलजल गरी मिलाएर सामुहिक रुपमा एउटा निचोडका साथ समस्याको समाधानतर्फ हाम्रा देश नेपालका राजनीतिक दल अनि नेताहरु लागेमा, अवश्य हाम्रो संघीयता अमेरिका, स्विजरल्याण्ड, क्यानाडा जस्तो त नभनौ तर हाम्रो आफ्नै मौलिकपनको सबै जनजाति आदिवासीलाई समेटेर अझ विशिष्ट किसिमको संघीय गणतन्त्र प्रादुर्भाव गर्न सकिन्छ |

 

 

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters