फूलै फूलमा सजाउंछु भन्नेले, कांडाको बास पारी दियो जन्म जन्म संगै जिउने मर्नेले, आधा बाटोमा छाडी दियो !
जून तारा दिन्छु भन्नेले, घर न घाटको बनाई दियो हांसो खुसी दिन्छु भन्नेले, आंशुको सागारमा डुबाई दियो !
मायामा स्वर्ग पाईन्छ भन्नेले, जिउदै नर्कमा फाली दियो सुख शान्ति दिन्छु भन्नेले, दुःखले मुटु रेटी दियो !
अमर प्रेमको परिभाषा दिनेले, गर्भ नै नबसी तुहाई दियो मायामा खेल खेली दिनाले, जिउनु न मर्नु पारी दियो !
|