नरोक आज तिमी अलि रात पर्न देऊ अंगसंग अंगलाई मीठो भूल गर्न देऊ
ओठ ओठमा अनि चोटमाथि चोट नशालु ती आंखामा सुस्त सुस्त सर्न देऊ
स्पर्श मात्रले जब सल्बलाउंछ जवानी समाएर आगोशमा अंगालोमै मर्न देऊ
चियाउंदैछ जुन हेर लेख्न हाम्रै कहानी चुम्दै गाला घांटी अनि तल तल र्झन देऊ
प्रेम धारा बगिरहन्छ निरन्तर नदी सरह सुख दुःख दुई किनारा जीवनको पढ्न देऊ
|