News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू साठी वर्ष अघि र पछि भाग ५ संसद बैठक सूचना टाँसेर स्थगित
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य»
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
पैसाको रंग

मान बहादुर थापा
  यू.ए.ई.
 

निकै ठूलो मान्छेको भन्नुको अर्थ धनी मान्छेको बिहे खाएर आएको छ पत्रकार । पिउने बानी छैन उसको तर सोसियल नेपालीमा अनुवाद गर्दा सामाजिक हुनुको नातमा यस्तैयस्तै  मौकामा अलिकति लिन्छ । आज त्यही संयोगले गर्दा ऊ थोरै रमझममा छ जुन रमझममा मान्छेलाई वास्तविकताहरू निकै  प्यारो लाग्छ ।  सानै आहारा भएकोले गर्दा उसले सत्रथरी खाना उही पनि स्वाद लिंदै हापझाप नगरिकन खान भ्याएको  छ  । त्यसपछि चाहना हुँदाहुँदै पनि उसले सकेन, पेटले ठाडो अस्वीकार गर्‍यो । अहिले उसलाई ती सारा परिकारहरूको स्वादको सम्मिलित सम्झना आइरहेको छ । एकाएक उसको संस्मरण बिहेको अकों चमक -दमकतर्फ बहकियो ।
दाइजोको फर्निचर किन्न परेन ’रे, असलभन्दा असल काठै आएको थियो,  घरमै रेखदेखमा बनायो । पारमा सुनको काम गरेको बनारसी साडी बाह्र सय कम्पनी जाने जम्मा एक दर्जन त्यसपछि जापानी, अमेरिकी भैगो त्यसको कुरा नगरौं । सारा मंत्रीगण, माननीय, सम्माननीयहरूले हाजिरी बुझाएको यस विवाह उत्सव हेर्दा यस्तो लाग्दथ्यो नेपाल निकै धनी मान्छेहरूको मुलुक हो । टेबुलमा चाङ लागिरहेका उपहार दुलहीको काख भरिंदै रित्तिदैं गरिरहेका खामबन्दी उपहारहरूले "धन हुनेलाई धनमाथि धनको राश" भन्ने भनाइलाई चरितार्थ गरिरहेको थियो । ठीक त्यतिखेर रमझमको अवस्थामा पत्रकारलाई एउटा वास्तविकता निकै वास्तविक लागको थियो र सोचेको थियो उसले नेपाल गरीब मुलुक हो भनी मागेर ल्याइएका रकमहरू यही हुन् कि ? नत्र यत्तिका पैसा कहाँबाट आउँथ्यो । उसले त्योभन्दा अझ बढी नै सोच्यो, यी उपहार र खामबन्दीहरूको रंग कालो छ, निश्चित रूपले कालो छ । सेता पैसाहरू त यतिखेर देहातका हटियाहरूमा एक रूपियाँमा नून, भुटुन, बेसार मिलाएर किनिरहनेहरूको हातमा छ, सेता पैसा त सात घण्टा पसीना चुहाएर थापेको गोडा बाह्र एक झुत्रा झाम्रा नोटहरू पोल्टाभित्र दशपल्ट गनेर हाल्नेहरूको हातमा छ ।
अब त्यस धनधान्य घरकी दुलही माइतीको रास सम्पत्ति बोकेर... अर्को यस्तो घरमा जानेछ जहाँ उसको सम्पत्ति घैटोमा कचौराको पानी सहर विलीन हुनेछ । कुरा फेरि उही हो धन हुनेलाई धनमाथि धनको राश । पत्रकार यस वास्वविकतालाई फेरि एकपल्ट नियालेर सोच्छ र एउटा साथीको सम्झना गर्छ जुन साथीले सधैं उसलाई "यो मूला पत्रकार जाँड खायो कि कम्युनिस्ट हुन्छ" भन्ने गर्छ । अनौठो घ् यस्तो करा सोच्नेलाई कम्युनिस्ट भनिन्छ, वास्तवमा यस्ता कम्युनिस्ट नभैकन पनि त सोचमा आउँछ ।
यसरी भर्खरको अनुभूतिलाई विश्लेषण गर्दै पत्रकार झोंछेको गल्लीसम्म आइपुग्छ । बैशाख महिना बढी अबेर गरेर खस्छ साँझ । हतार भइसक्छ । गल्लीको चहलपहललाई छिटो-छिटो बैंस चढाउन । पत्रकार अब एउटी सुनपाट रंगको कपाल र हरिया आँखा भएकी तरूणी शैलानीसँग हाराहारी हिंडिरहेको छ । एक धूनमा आफ्नो गन्तव्यतिर गइरहेकी यस तरूणी शैलानीलाई एउटा ठिटोले बाटो छेक्छ र सोध्छ, "यू चेञ्ज द मनी ?" -पैसा साट्नु छ ?)
स्वाभाविक भएर ऊ जवाफ दिन्छु, "नो" -छैन)
यसरी पत्रकार र सेती शैलानीले त्यस्तै हाराहारीको स्थितिमा बीस कदम पछि छोड्छन् । यत्तिकैमा एउटा कुनाबाट एकजना युवक फुत्त निस्कन्छ र बढो लचिलो आवाजमा भन्छ, "यू चेन्ज द मनी ?"
अलिकति अस्थिर भएर ऊ जवाफ दिन्छे, "नो ..."
यसरी दुवैजना त्यस्तै स्थितिमा फेरी तीस कदम जति अघि बढ्छन् । यत्तिकैमा फेरि अर्को युवक अभिव्यक्तिले अलिकति चञ्चल भनिनसक्ने खालकी सेती सैलानीको सामुन्ने पर्छ र जिब्रो बटारेर निकै झुकेर सोध्छ "यू चेञ्ज दु मनी ?"
अब सेती युवतीको धैर्यको बाँध सायद भत्किसक्छ शायद उसलाई पैसा साट्नु नै थिएन । ऊ दिक्कको पराकाष्ठा नाघेर भनौं एक किसिमले चिच्याएर जवाफ दिन्छ "नो....।"
पत्रकारलाई यो स्थिति निकै हाँसो उठ्दो लाग्छ । डलरको एजेण्डाले भने यो स्थितिलाई पचाउन सकेन । शैलानी पर पुगिसकेकी हुन्छ ।
युवक आफ्नो  अपमानित हुनुको बोधलाई अभिव्यक्ति गर्न त्यस शैलानीको "नो...." भनाईलाई नक्कल गर्दै एक फन्को घुमेर कराउँछ "नाउँ ....।"
पत्रकारलाई लाग्छ भर्खरै उसको नजीकमा एउटा गतिलो ढाडे बिरालो कराएको छ । ऊ एकछिन त्यही अलमलिन्छ । सेती शैलानी उसलाई छोडेर टाढा पुगिसकेकी छे । उसको निम्ति यो निकै हाँसो उठ्दो घटना थियो । त्यसैले उसले एकपल्ट आफ्नो वरिपरीको वातावरणलाई अध्ययन गर्न खोज्छ तर सबै सामान्य थियो । कोही हाँसेको पनि थिएन, न कोही अचम्मित नै थियो । त्यसपछि उ त्यही अल्मलिने मुद्रामा अघि बढ्छ ।
अलिक पर एउटा रेष्टुराको अघि एक जोडा सेता शैलानी उभिरहेका छन् । हुनसक्छ, लोग्ने स्वास्नी हुन् । कारण युगल प्रेमी हुने उमेर अलि होइन यो । जेहोस्, स्वास्नीमान्छे चाहिं केही तापमा भनिरहेकी थिई, जसको नेपाली अनुवाद यस्तो हुन्छ "यो के भएको खाली डलर, डलर, डलर, हामीसँग भारतीय पैसा मात्र छ । दशवर्ष अघि आउँदा काठमाडौं यस्तो थिएन, हे भगवान झ्" केही बेर यस्तै वादविवाद गरेपछि दुवै सामुन्नेको रेष्टुराभित्र पस्छन् ।
कहाँ-कहाँ लुकेर बसेका होलान् यी डलरका बोसहरू । निक्कै खतरनाक ठाउँ भएछ काठमाडौं । पत्रकार उही मनस्थितिमा सोच्दै अघि बढ्छ । छेवैको कोल्ड स्टोरबाट आइरहेको एउटा सम्वादले उसको ध्यान अकषिर्त गर्छ । एकजना हेलमेटधारी होण्डामाथि नै बसेर अर्डर गरिरहेको छ पसलेलाई, "पाँच के.जी. पर्क ससेज, तीन क्यारेट कोक अहिले नै पठाइदिनुस् है आज घरमा पाहुना छ, तपाईसँग मान्छे खाली छ होइन ?
"छ हजूर छ" पसलेले कतिपय मुस्कुराउँदै भन्छ । "हजूरकहाँ दिन-दिनै पाहुना आउँछन् ।"
"त्यसैले त बिताइरहेको छ ....." होण्डा स्टार्ट गरेर ऊ हिंडिहाल्छ । पत्रकारले अब अर्को वास्तविकता देख्छ । के बिताइरहेको छ र उसलाई यस्तो खान पाएपछि पनि सकैको केही बित्छ र हास्यास्पद । पर्क ससेज पैतालिस रूपैयाँ के.जी. छ, फेरि प्रत्येक साँझ यस्तो चल्छ त्यस घरमा... सब कालो पैसा ... कालो पैसा ।
एकाएक पत्रकारको मनस्थिति तीव्र गतिले छट्पटिन्छ र ऊ मनभित्र चिच्याउँछ यस देशको राष्ट्रिय रंग कालो हुनुपर्ने हो । यति घोषणा यही पनि आफैले आफैलाई गरिसकेपछि आतंकित हुन्छ । यताउता हेर्छ कतै कसैले उसको मानसिकतामा त चियाएन । आजभोलि मान्छेको मनभित्रको कुरा कम्प्युटरले पत्तो लगाउन सक्छ भन्छन् । टाढाको कुरा गमेर ऊ एकैछिन विचलित हुन्छ । अब रात परिसक्यो भने हुन्छ बत्ति झल्याक्क झिलिक्क बलिसकेको छ ।
पत्रकारलाई अब नयाँ सडक एकपटक भएर सुन्धारातिर पुग्नुछ, त्यहाँ साथीलाई समय दिएको छ उसले । केही ताजा अखबारहरू वितरित हुँदैछन् । पेटीनिर ऊ एक छिन उभिन्छ । नयाँ केही छ कि आज घ् एकापट्टबिाट एउटा ठिटो अखबारको बण्डल काखीमा च्यापेर धोत्रो स्वरले कराउँदै भीडबाट जान्छ, "उग्रवादीहरूको प््रहारले प्रहरी घाइते ।"
त्यसको केही पछि अर्को कराउँछ, "निहत्थाहरूमाथि गोली, दुईजनाको घटनास्थलमा नै मृत्यु ।"
पत्रकार सोच्न थाल्छ, दुईवटै समाचार एउटै हो । उसको खल्तीमा अलिकति भए पनि सेतो पैसा छ, पेटमा कालो पैसाको खुराक पसिसकेको किन नहोस् । ऊ उभिएकोमा भीड त्यति बाक्लो छैन । मान्छे देख्न चिन्न गाह्रो छैन ।यत्तिकैमा एउटा साधारण वेशभूषा र  खुट्टामा  चप्पल लगाएको एउटा युवक  आउँछ र दुईवटै पत्रिका किन्छ । पत्रकार सोच्न थाल्छ यो सेतो पैसा हो । छोटो अवधिभित्रै आज ऊ कसरी रंग सचेत भइरहेछ ऊ आफैलाई अनौठो लाग्छ । ऊ देख्दैछ, कालो कि सेतो  अरू केही छैन ।
बल्ल-बल्ल पत्रकार सुन्धाराको अलिकपर बसहरू लाग्ने ठाउँमा पुग्छ र एउटा चिया पसलको नजिकै पर्खाल जस्तोमा बस्छ ।ऊ बसेको नजिकै बिजुलीको खाँबो मुनि एउटा गरिब दम्पति आपसमा कुराकानी गरिरहेका छन् । उनीहरू कतैबाट आएको हुनुपर्छ हुनसक्छ यहीं बसबाट भर्खरै झरेका हुन् । स्वास्नी चाहिं स्पष्टै विरामी देखिन्छे, पहेंलो अनुहार, ख्याउटे गाला, विशेष त्राण नै नभएको जस्तो आवाज ।
काम्दो स्वरमा अथवा झर्को मानिरहेकी हो कि जस्तो गरिकन ऊ बोलिरहेकी छे । सम्वाद यसप्रकार छ ।
"मैले भनेको मान्नुस न कालेको बाऊ"
"के भन्छ यो आइमाई ?" "गोडा पचास एक मात्र पर्छ भन्छ ।"
"पचास रूपियाँ त जसरी पनि बचाउन कालेको बा झ् कुर्कुच्चा हेर्नुस त तपाइको छरछर्ती रगत बगेको । जुत्ता लाउन पाए त बिसेक भइहाल्छ नि । उकाली ओराली भारी बोकेर हिंड्दाहिंडा खुट्टाको गति, पोहोरपोहोर त यस्तो थिएन ।"
"पोहोर-पोहोर यति जाडो चम्केन नि त ...तेरो मुटु खाने रोग यो बिसेक होस् भनेर भएको एउटा खसी पनि बेचेर  आएको ... तँ त जुत्ता जुत्ता  भनिरहन्छेस ।"
"होइन भनेको मान्नुस न कालेको बा । ल मेरो ओखतीलाई सय र पचास  नै लागे पनि, चारबीस बाँकी रहन्छ । पचास रूपियाँको तपाई जुत्ता किन्नुस बाँकीले मसला भुटुन लैजाउँला ... हुन्छ ?"
"यो आइमाईको जात जान्ने भएको त मलाई पटक्कै मन पर्दैन । यो नेपाल हो बुझिस् त्यति पैसा जाबो डाक्टर भेट्नेसाथ सिद्धिन्छ । मलाई त के छ र जति रगत छरछरी आए पनि यो जुत्ता लाउने गोडा होइन क्यारे । जुत्ता लाउने गोडा अर्कै खालको हुन्छ । खै बाउ बाजेले जुत्ता नलगाई काटे । अझै साथीहरू जुत्ता नलगाई भारी बोक्दैछन् । जुत्ता लगाएर पनि कोही भारी बोक्छ ? तेरो कुर पनि ।"
त्यसपछि  भरियाले आफ्नो हरिनाथ पल्टेको कुुर्कुच्चा बत्तिको उज्यालोमा   पारेर यसो सुम्सुम्याउँछ ।
आङ सिरिङ पार्दै स्वास्नी चाहिं भन्छे, " कठै ... टेक्न पनि कसरी सकेको ।" सम्वाद बन्द हुन्छ । दुईपल्ट खुईया खुईया सुस्केरा काढेपछि आइमाई चाहिं आफ्ना सुकेका झिना औंलाहरूले पोल्टोभित्रबाट एउटा झुम्रो निकाल्छे र त्यसभित्र जतनसाथ राखिएको दाम निकालेर गन्न थाल्छे, एउटा गैंडा अरू झुत्रा फुटकर नोटहरू ।
पत्रकारको संस्मरणमा एकपल्ट दुलहीको काखमा  भरिंदै रित्तिंदै गरेका खामबन्दी उपहारहरू जस्ताको तस्तै  नाचिदिन्छन् । भर्खर कोल्ड स्टोरअघि एउटा पैसावालाले अर्डर गरेको शब्द का नैमा बज्न आइपुग्छ, "पाँच केजी पर्क ससेज... ।" ऊ सोच्न थाल्छ यी झुत्रा नोटहरू सेता पैसा हुन सेता पैसा ... सेता पैसा । उसलाई ती स्वास्नी मान्छेले ' हेर्नुस त कालेको बा’ भन्दै गनिरहेको पैसा हेर्न आँट आउँदैन । पैसा होइन बिच्छी, सर्प के के हुन् जस्तो लाग्न थाल्छ ।
अन्तमा उसले साथीलाई समय दिएको कुरा बिर्सन्छ र मनमनमा आत्म स्वीकृति पोख्दै  त्यहाँबाट भाग्छ, म पेटभरी कालो पैसाको खुराक  खाएर आएको लाछी पत्रकार हुँ, जाँड खाएको बेला समानतावादी... म अक्षम पत्रकार ।


 

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters