दिन हैन रातको अंधेरीको कुरा गर । पानी भर्दा एकान्त पंधेरीको कुरा गर ।।
तिम्रो दिलमा घाउ हुंदा मेरो पीडा हुने । चोट दिने घाउ लाग्ने खडेरीको कुरा गर ।।
डढेलोले खडेरीमा मन मुटु जल्छ भन्छन् । मेरो हैन तिम्रो मनको मझेरीको कुरा गर ।।
भत्किएर ''जीवन" को संरचना गए सबै । घरको है ''सानु"दिलमा घडेरीको कुरा गर ।।
|