नयाँ वर्षको शुभकामना अर्जुन दाहाल सेकेण्ड, मिनट, घण्टा, दिन महिना घडि, पला रीतु आदिको संगम वर्ष एक समय, एक क्षण, एक पल लाग्छ जुग जुग कटेको जादैंछ कोही, आदैछ कोही रीति, रिवाज, परम्परा त होइन एक नियम नै भइ सक्यो यो आँखामा आशुको बर्षा गराउदै मुटुको स्पन्द स्पन्दमा चस्स घोचेर जाँदैछ, नाकले पनि यसको गन्ध पायो की कतै चस्स चस्स चर्मको स्पर्स गर्दै जादैछ कही कतै खुशीको भकारी भर्दै छ यो कही कतै घाउमा मलहम लगाउदै छ यो कतिका कोख भरिदैछन् त कतिका कोख रित्तिदैछन् कतिलाई जीवनदान दिलाउदैछ कतिलाई बलिदान गराउँदै छ यो जीवन र मरण सम्म एउटा चक्र झै घुमिरहन्छ यो एउटा कालको अन्त्य हुदैछ, अर्को को उदय हुदैँछ आखिर जानु थियो त चुपचाप किन जादैन तर यो जान्छ, सबैका सामू निडर छ कहि कतै लुक्न सक्तैन सबैका सामू छर्लंग छ यो यो तपाई हाम्रो छेउ नै बाट चस्स चुस्स मुटुमा छुदै जान्छ हेल्लो बाई त गर्दैन तर तपाईलाई थाहा दिएर नै जान्छ बताएर जान्छ, भनेर जान्छ न जा भने पनि जान्छ, मन पराए पनि जान्छ मन नपराए पनि जान्छ पर्खनुस यो जादैम्ाा हराउँदैन यो फर्कैर उसै बखत आउछ तपाईलाई फेरी चुस्स चुस्स मुटुमा हल्का हल्का कम्पन गराएर आउँछ यो वर्ष, नयाँ वर्ष आयो आयो यो तपाई हाम्रो घरमा आयो स्कूल कालेजमा आयो पोष्टकार्ड भरि रंगीन दुनियाँमा कति हो कति छायो रंगीचंगी बेलुनबनी हावामा उडान भर्न आयो विश्व भरी साहित्यमा कविता, गजल, हाइकू, आदी इत्यादी सबैमा आफूलाई बहकायो चारकोसे झाँडीमा पात हल्लाउदै आयो पाखा पखेरा गर्जदै आयो हिमाली झरना छंग छंग बजाउँदै आयो कोशी, गण्डकी, नारायणी सेती काली कलकल बगाउँदै आयो डाँफे मुनाल, मयूर छम छम नचाँउदै आयो चौतारी, छहारीमा आयो डिस्को र वारमा त झन आयो चुस्की मदिराको तालमा टिन्न टिन्न चेयर्स संगै गुन्जयमान हुदै आयो मज्जाले आयो, धित मार्ने गरी आयो रेडियो, एफएम, टिभी मोबाइल, इन्टरनेटमा छायो हेर्दा हेर्दै आयो, हो यो आयो, अर्को गयो यो फेरी जान्छ अर्को फेरी आउँछ सधै आए पनि सधै गए पनि सबैको प्यारो भइसक्यो संसारका कुना कुनामा चर्चा अनि परिचर्चा स्वागतमा आतिसबाजी रकेट आदी खरबौ खरानी भई उडे मगन्ते, भिखारीदेखि महलमा रुप पनि अनेक अनेक, मन्दिरमा शंखनाद गर्दै अनि मश्जिदमा नवाज पढ्दै आयो चर्चमा वाइबल बाचन गर्दै अनि योगी माझ योगका कला बन्दै आयो कतै शान्ति भएर आयो कतै यूद्ध भएर आयो कहि त कलम बन्यो कहि बन्यो बम बारुद कतै सुनामी त कतै ज्वालामुखी बन्यो कापीका पानाहरुमा मसीले लतपतियो कहिले अरबीमा, कहिले अंग्रेजीमा, कहिले ल्योसारमा, कहिले नेवारीमा, कहिले बिक्रमादित्यमा अदि आदिमा त कहिले के मा कहिले के मा चाहे पनि आयो नचाहे पनि आयो एक पटक संसारमा भुकम्प ल्याएरै आयो सबैको मन मष्तिस्कमा चुस्च चुस्च नशा नशामा रक्तचाप बढाउदै मुटुको घडकन अनि ढुकढकी बढाउदै कतिखेर हो कति खेर निधारको रेखा कोर्दै गाला, ओठ चुम्दै कपाल सुम्सुमाउँदै ४४० भोल्टको बिद्युत पैदा गर्दै मध्यरातमा, कति सपनिमा हराएका बेला कति मस्त निद्रामा भएका बेला कति स्वर्ग नगरी परिक्रमा गरेका बेला एउटा विष्फोट आकाशमा लाग्छ, जीवनको अन्तिम क्षण संसार ध्वस्त भए झै १९४५ को हिरोसिमा र नागाशाकि हुने पो हो की या १९८८ को इराक इरान या २००२ को अफगान या फेरी इराक १९९० सालको भुकम्प भनौ २०४५ को भुकम्प जस्तो कत्रो ठूलो आवाज, तर, पशुपंक्षी, बोटविरुवा नाचिरहेको पवन पनि बहकी रहेको मेरो कनको छेवैबाट सुस्त सुस्त सुस्केरी हाल्दै गयो के भएछ भनी हेर्न बारदलीबाट चिहाउँछु म जस्ता कयौ चिहाउछन् यो पल, यो समय आजको रात एउटा सौभाग्य कस्तो उज्वल प्रकाश लाग्छ पृथ्वीमा नै उज्यालो किरण परेको सूर्यलाई पनि तर्साउने चमक सबै हेर्छन दंग परी तपाई अनि म पनि आकाशमा ताराहरुमाझ सलबलाई रहेको सुनौला रंगीविरंगी अक्षरमा सजियो यो यसरी नयाँ वर्ष २०६७ को शुभकामना
|