|
महाकविको महानता
महान् थियौ देवकोटा नेपाली साहित्य फाँटमा चम्केका थियौ, धुर्ब ताराझैं लक्ष्मीका भक्त भए पनि सरस्वतीका प्रसाद थियौ तिमी।। अब त तिमीजस्तो महाकविलाई नेपाली आमाले जन्म दिन छाडिसकिन् लाग्छ बिर्से जस्तो छ लाग्छ अब साहित्य सेलाए जस्तो छ।। साहित्य जगत्ले तिमीलाई गर्छ सम्झना एक दिन ३६४ दिन भुलेकै छ अब त आउने पिंढीले सम्झलान् या नाइ गर्वमै छ।। शिक्षा क्षेत्रलाई सम्हालेकै थियौ कोट खोली गरीबलाई दिएकै थियौ चुलो धुवाउने व्यवस्था गरिदिएकै थियौ नखाएर पनि खुवाएकै थियौ लक्ष्मी पूजाकै दिन जन्मे पनि दरिद्र भएर भाँचेकै थियौ।। भुँडीमा चुहा दौडिए पनि पटुका बाँधेर साहित्य लेख्न भ्याएकै थियौ मदन भोट गए पनि मुनालाई सम्हालेर राखेकै थियौ बाँच्नु पर्थ्यो तिमी अझै भर्नु पर्थ्यो ढुकुटी पूरै।। आधुनिक कविका हुलमा तिमी हराएका छौ तिम्रा काव्य महा काव्य ढुसी लागिसकेका छन् संरक्षण गर्न सबैले भुलेका छन् ईतिहास बनेका छौ मात्र किताबमा।। बहिस्कार गरे तिम्रा कृतिहरुलाई नव आगमनमा थेचारिए तिम्रा महानताहरु बरालियो साहित्य जगत् मियो छैन घुम्छन् यताउति सुरुआत नभै गन्तवय।। फर्काइदिए हुन्थ्यो ती देवकोटा फेरि सम्हालिदिए हुन्थ्यो यो संकटलाई फेरि एकपटक ब्युँझाइ दिएहुन्थ्यो साहित्य जगत्लाई।। रातो रात भए पनि साहित्य भण्डार भरेकै थियौ मोटा पातला दर्जनौ पुस्तक लेखेकै थियौ साहित्य जगत्का बुज्रुक भीष्म पितामह थियौ तिमी।।
|