गीत सम्झिरहन्छु डाँडापाखा गाउँबेसिका नानी चिसो चिसो हावा अनि त्यो खोलाको पानी सम्झिरहन्छु डाँडापाखा गाउँबेशिका नानी माछापुछ्रे फेवाताल प्रकृतिका खानी मेकअप बिना प्रकृतिले सिंगारेका रानी पिता, पूर्खा पहिल्यैदेखि परदेसिने बानी त्यही बानीले सधैंभरी नेपालीलाई हानी कोदो, मकै खान छोड्यौं आफ्नै खेतको बाली रम, पिज्जा, बरगर खाँदा खल्ती भयो खाली आधा कपाल कटाउनुछ आधा पाइन्टलाई झारी हिल जुत्ता लगाई हिंड्दा आफ्नै जीउलाई भारी
|