म, यस्तो योद्धा निडर अनि साहसिलो कसैसंग नझुक्ने बन्न जांदैछु !!
मेरो, त्यो आर्तनाद भूकम्पमय साहसले थर्किएर ज्वालामुखी बिष्फोट हुन लाग्दैछ !!
त्यो, सिंहदरवारको सभा कोठाको भित्ताहरु हल्लीएर जगसम्म सबै चर्कदै गएको छ !!
मेरो, त्यो भूकम्पमय उद्घोष, हामी नेपाली सबैको उद्घोष भएर उठ्दैछ !!
हाम्रो, कलमी लेखन साथै वैचारिक हुंकारले जनताहरुलाई सचेत गराउनु पर्छ !!
हाम्रो, मातृभूमि नेपाललाई लेन्डुप दोर्जेहरुबाट जोगाउन संगठित एकजुट हुनै पर्छ !!
|