News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू पहिरोले दुई बेपत्ता, दुईको शव प्राप्त साठी वर्ष अघि र पछि भाग ४
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य»
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
विदेश यात्रा

एल एन सुवेदी ”हस्ती”
  कुवेत
 

धेरै बर्षको अथक परिश्रम पछि मात्र कुलदिप बजगाईको बिदेश जाने सपना पूरा भयो। एउटा सानो छाप्रो घर, एक हूल गोरु , सानो बिरौटो खेत बेचेर मरितरी काठमाण्डौसम्म पुग्न सकिन्थ्यो होला, एक दुई दिन सम्म होटलमा बस्न पनि सकिन्थ्यो होला, तर सात समुद्रपारी पुग्न त्यति पैसाले कहाँ पुग्न सक्थ्यो र? पैसा जोरजम गर्न के नै गरेन होला र बिचराले। आफूसँग भएको जायजेथा सबै पाशा फ्याँक्यो। साहू महाजनका खुट्टा ढोग्यो, ब्यापारीहरुलाई नमस्कार गर्यो, त्यही स्वास्नीको ईज्जतलाई दाउ लगाउन मात्र सकेन। आखिर घडीमा पैसा जुट्यो। कूलदीप बिदेश जाने भयो।
 
नाकभरी सिंगान बोकेका मसिना भन्ट्याङ्ग भुन्टङ्ग छोराछोरी, गरिबीको पीडाले खाएर जवानीमा नै कुरुप भएकी स्वास्नीको निरास लाग्दो अनुहार छोडेर बिदेशिनु पर्दाको पीडाले उसलाई नछोएको होइन, लोग्ने मान्छे हो मन बाँधेर हिड्नु पर्छ भन्ने उसले बुझेको थियो। गाउँघरका ईष्टमित्र, आफन्तहरु कसैलाई बिदा मागेर हिड्न उसको मनले मानेन। किन भने सारा ईष्टमित्र, आफन्तहरु उसका लागि मरिसकेका थिए। सुनसान बस्तीको ऊ एक्लो सुकेको रुख थियो।

 जसो होला राम्रै होला भन्दै कूलदीप बाटो लाग्यो। काठमाडौ पुग्न दुई दिन सम्म लाग्थ्यो। एउटा हातले पैसा राखेको गोजी अठ्याई जसो तसो काठमाडौंसम्म पुग्यो। काठमाडौंमा बिदेश पठाउने मान्छेलाई पैसा बुझाएको पन्ध्र दिन पछि उसको भिषा भन्ने चिज आइपुग्यो। कूलदीप बजगार्इंको खुशीको सिमाना रहेन। कूलदीपको बिधाताले सम्झाउँदै भन्यो,  “हेर कूलदीप! अरुलाई भन्दा तिमीलाई कम पैसा लिएर धेरै तलबमा पठाउन लागेको छु। यही तिम्रो भिषा अरुलाई दिएको भए एक लाख पचास हजार आउने थियो। तिमीलाई पचासी हजारमा दिएको छु , कमाएको पैसा बिफाँटमा खर्च नगरेस्" भन्दै एक छिन गोहीका आँसु खसायो। कूलदीपका अनुहारमा शरद् ऋतुको बिहानी छायो। साँच्चै नै जसले छिटो र धेरै पैसा टिप्न सक्छ , उसैले धेरै कमाउन सक्छ भन्ने कूलदीपलाई लाग्यो।
 
काठमाडौको त्रिभुवन बिमानस्थलसम्म दलालले पुर्‍याउन आयो। कूलदीपले सोच्यो मेरा बाबुले यति गरिदिएको भए म कहाँबाट कहाँ पुग्ने थिएँ। तीन चार पटक पिण्ड चढाएको आफ्नो स्वर्गीय बाबुलाई एक छिन धिकार्यो।

दलालीले कूलदीपका सबै समूहको भिषाको ब्यबस्था पहिले नै मिलाई सकेको रहेछ। अध्यागमन विभागमा कसैले केही गर्नु परेन। न कसैले भिषाको बारेमा सोधपुछ गरे, न कसैले कम्पनीका बारेमा प्रश्न गरे। बिना रोकटोक अध्यागमन विभाग पार गरेपछि एउटा बरखी बारेको हाकिमले प्रहरी निरिक्षकतिर फर्केर षोडसीलाई आँखा झम्काए झै‍ गर्दै बेलुकाको लागि संकेत गर्यो। प्रहरी निरिक्षकले गम लगायो, आज राती लोकल भालेका फिलाले दाँत ब्रश गर्दै सानमिगेल वियरले मुख कुल्ला गरेर साहूनीका काखमा टाउको लेटाउने बिचार गर्यो।
 
कूलदीपले भगवानका पालाको पुष्प बिमान झै‍ गरेर नेपाल एयरलाइन्सको आँखा भित्र पसिसकेको जीर्ण बूढो जस्तो विमानलाई दर्शन गर्यो। ओहो!  हवाई जहाज त बडो काइदाको पो हुने रहेछ। अझ यसलाई बनाउने र उडाउने मान्छे कस्ता हुँदा हन्। बार बेत ब्याएर बेत बसिसकेकी लाहुरी भैंसी जस्तै, ठूलो ठूलो आवाज गर्दै आर ए विस्तारै अगाडि बढ्यो। आकाश चुमौंला झैं  गरेर बाटो लाग्यो। कूलदीपले गम गर्‍यो,  अरे भाइ! हवाई जहाजलाई त बाटो पनि नचाहिने, उसको बाटोमा पूल पनि नचाहिने, बीचमा नरोकिने पनि, गजवको हुने रहेछ। छोरीहरुलाई बेलैमा नै ज्वाईंका घरमा पठाएर फूर्सद पाएका जस्ता देखिने एयर होस्टेजहरुले जहाज भित्रै खाना दिए। शुरुमा त कूलदीपलाई खाना खान निकै अप्ठ्यारो लाग्यो। यता उता साथीहरुलाई हेरेर एकै छिनमा कप्ल्याप कुप्लुक पार्यो। एक हिसाबले रक्सी पनि दिने शुरमा थियो, यसो बिचार गर्यो, "हैन केटा! नयाँ ठाउँ छ ,गढबढ भयो भने? अर्को पटक खालास्"भनेर चित्त बुझायो।
 
जसै दुबईको अन्तराष्ट्रिय बिमानस्थलमा पुग्न लाग्यो। कूलदिपले झ्यालबाट बाहिर हेर्‍यो, सडक पहेंलै बत्ति नै बत्तिले ढाकेर रङ्गिएको, ठूला र फराकिला बाटाहरु ठूला ठूला घरले सजिएको सुन्दर शहर त्यसै हेरिरहूँ जस्तो लाग्यो। जहाजबाट ओर्लिएर साथीहरुका पछि पछि गयो।

 अध्यागमन विभागको काउन्टरमा आइमाईहरुले लगाउने जस्ता सेता गाउन लगाएका, टाउकामा कालो धागाको डोरीले बेरेका अग्ला अग्ला अरबीहरु देख्यो। अर्काका बारीमा काँक्रा चोर्न पसेकी आइमाई जस्तै कालो कपडाले सबै शरीर ढाकेका महिला गणतिर दृष्टी गोचर गर्यो। कूलदिपले घोंरिदै यिनीहरु त अचम्मका मान्छे पो हने रहेछन् भन्यो। दुबईको अध्यागमनबाट बाहिर निस्किएर करिब तीन घण्टा जति पर्खिए पछि एक जना टाउकामा कालो चस्मा अड्याएको घुँडासम्मको हाफ्पाइन्ट लगाएको त्यस्तै पैंतीसको देखिने मान्छेले उनीहरुलाई एउटा ट्याक्सीमा राखेर बाटो लाग्यो। गाडीमा चढेको केही समय पछि कूलदिपका समूहमा रहेका सबैबाट पैसा र पासपोर्ट लिएर एउटा सानो कोठामा भित्र पसाउँदै भन्यो, अहिले यहाँ बस्दै गर्नुहोस्। भोलि बिहान म लिन आउँछु र कम्पनीमा काम शुरु गर्नुपर्छ भन्दै केही पाउरोटी र पेप्सीका केनहरु थमाएर गयो।

एउटा सानो कोठा जहाँ पहिले देखि नै १४ /१५ जना भन्दा बढी मानिसहरु बसेका रहेछन्। कूलदिपहरु थपिंदा त राम्ररी बस्न त के खट्टा राख्न सम्म पनि नहुने भयो।
 
पहिले आउने साथीहरुको दर्दनाक कहानी सुनेपछि त कूलदिपको होस ठाउँमा रहेन। ऊ छाँगाबाट खस्यो। उनीहरु सबै ठगिएका थिए। न कसैको रोजगारी भिषा थियो, न कसैको एग्रिमेन्ट थियो। उनीहरु खेलो हराएका व्यापारी जस्तै भए।

कूलदिप मर्ने र बाँच्नेको दोसाँधमा पुग्यो।

केही दिन साथीभाइसँगै त्यही साँगुरो कोठामा कोचिएर गुजारा गर्‍यो। पछिका दिनहरु प्राय: भोक भोकै बित्ने गरे। कूलदिपले दलाललाई सम्झंदै  बिचार गर्‍यो , "सालेलाई अगाडि भेट्न पाए भाला धसेर यताबाट उता निकाली दिने थिएँ।" देरा दुबईको सेराटन होटल अगाडिको खजुरै खजुरले ढाकिएको एउटा लामो पार्कमा उनीहरुका दिन र रातहरु बित्न थाले। ऊ जस्तै ठगिएका साथीहरुसँगै बसेर कुरा गर्थे। कसैलाई क्षयरोगले सिकिस्त पारेकी बूढी आमाको यादले सताउँथ्यो, कोही पन्ध्र दिनकी सत्केरी स्वास्नी सम्झिन्थे। कोही नजिकै आएको परीक्षा सम्झेर रुन्थे। कसैलाई सुकम्बासी हुनको पीडा थियो। दलालहरु न लिन आउँथे , न फोन सम्पर्क नै गर्थे। अब यसै परदेशमा नै मरिने भइयो भन्दै सबै चिन्ता गर्थे। उपायको बाटो पता लागेको थिएन।
 
पार्कको कुनामा रहेको हरियो दूबो माथि लेटेको कूलदिपले होटलमा राम्रो काम पायो। ठूलो सात तारे होटल, बार, डान्सबार, विदेशी षोडसी जस्ता लाग्ने केटीहरु, प्रायः धेरै जसो अर्धनग्न लाग्ने, सबै नशाले मस्त। पैसाको खोलो बगाउने नरहरु कसैको होस् हुदैनथ्यो। गोरा छाला देखिने बेलाइती जर्सी गाई जस्ता नगर बधूहरुका न्यानो काखमा सिरानी लाएर मस्त जवानीको मजा लिई रहेका हुन्थे। त्यो सुन्दर, कामुक र रम्य लाग्ने वाताबरणले कूलदिपको मन अर्कैतिर मोडियो। उसलाई आफ्नी स्वास्नी पाखे र कूरुप लाग्न थाली। छोराछोरीहरु अभिसाप भए। आफू जन्मेको गाउँ नरक जस्तो लाग्न थाल्यो।मनमनै सोच्यो, आहा! जिन्दगी हो त यो पो हो। स्वर्गमा इन्द्रले मेनुकालाई यसरी नै नचाउँदा हुनन्।

दुबईको जुमेरा बीचमा रहेको बुर्ज अल अरब होटलको जागिर कम पैसाको थिएन। उसले गरेको काम सबैले मन पराए। त्यहाँ आउने जाने सबै मान्छेहरुले उसलाई टिप्स दिन्थे, पैसा डलरमा आउँथ्यो। कसैलाई सलाम गर्‍यो, पैसा नै मिल्छ , यता गर्‍यो, पैसा नै उता गर्‍यो, पैसा नै। कति जम्मा गर्ने हो पैसा पनि। कूलदिपका भगवान् दाहिना भए। उसकी स्वास्नीले सबै ऋण तिरी। शरीरबाट बाहिर निस्किन लागेको लाज छोपी , छिमेकीको टारबारी किनी, खूर्साने साहूको सिम्ले खेत किनी। छोराछोरीलाई बोर्डिङ्ग पठाउन थाली। कूलदिपको बिदेशको कमाइले के नै भएन र? गाउँलेहरु उसका पूजारी भए, व्यापारीहरु करिया जस्तै भए , गाउँमा उनीहरुको रवाफ देख्न लायकको थियो।

गरीबका दिन फर्किने रहेछन्। कूलदिपले पैसा कमाउँदै गयो। काठमाडौमा घडेरी किन्यो। ठूलो सिसै सिसा भएको चार तले घर बनायो। वरिपरी कम्पाउण्डले घर घेर्‍यो। घरमा काम गर्ने नोकर राख्यो। गाडी पनि नयाँ मोडलको किन्यो। गाडी राख्ने ग्यारेज अलग्गै बनायो। कूलदिपको जीवन गाउँबाट शहरतिर सर्‍यो।
 
अब कूलदिपले अरुको गुलामी नगर्ने सोच बनायो। आफ्नै देशमा पैसा लगानी गर्छु। नाईट क्लब खोल्छु। डान्सबार रेष्टरेण्ट खोल्छु। जवानी पोखिन लागेका अप्सरा जस्ता सुन्दरीहरु सेविका हुन्छन्। बिदेशतिर खोलिने क्लब भन्दा कम हुदैन। वरिपरी रुख र पोथराहरुले घेरिएका देख्दै मन लोभ्याउने खालका चाइनिज ईंटाले छाएका कटेज स्टाइलका घरहरु हुनेछन्। त्यसमा क्लास छुट्याउँछु। बिदेशी र देशका राजा महाराजाका लागि लक्जरियस् हुन्छन्। ब्यापारी, व्यबसायी तथा उच्चतहका सरकारी कर्मचारीका लागि अर्कै ब्यबस्था हुन्छ। निम्न आय भएका तर मनोरन्जन लिनेहरुका लागि उनीहरुको औकात अनुसारको तर्जूमा गरिनेछ। मानिसहरुको ओइरो लगाइदिन्छु। महाबौद्ध, बसपार्क र कलंकीतिरका जस्ता सस्ता नगरबधूहरु मेरो डान्सबारमा हुदैनन्। महंगा र स्तरीय ग्राहक सेविकाहरु राखिने छन्। केही सन्दरीहरुलाई बजार ब्यबस्थापनमा नियुक्ति गर्छु। उनीहरुको यूनिफर्म हुन्छ। घूँडा माथि सम्मको मिनी स्कर्ट, सर्ट तथा कोट लगाएर अरेबियन अत्तर छर्किएर पेन्सिल हिल लगाएका मेरा महिला कर्मचारीहरु देख्दैमा मान्छेहरुको होसले ठाउँ छोड्छ। उनीहरु भन्सार कर्मचारीहरु कहाँ जान्छन्, पुलिस अफिसर, सरकारी विभागका महानिर्देशक , सचिव, मुख्य सचिव देखि लिएर कहाँ सम्म पुग्दैनन् र? उद्योगी, व्यापारी,व्यबसायी यिनीहरुलाई देखे पछि को चाँही कामातुर हुदैनन् होला?
 
व्यापार र व्यवसाय बुद्धि र दिमागले गरिन्छ , मुटु र ह्दयले गरिन्न। आइडिया लगाए पछि पैसा आफंै आउँछ। पैसा मैले खोज्न जानु पर्दैन। यहाँ मानिसहरुलाई अर्को फाइदा हुन्छ। पर्खाल नाघेर मन्त्रीले अर्काकी श्रीमतीतिर जानु पर्दैन। अर्काकी श्रीमतीलाई प्रेमपत्र लेखेर विबादमा परेका पूर्व गृहमन्त्रीले अर्कोतिर जानु पर्दैन। बूढेसकालमा प्रधानमन्त्री भएर जवान महिला स्वकीय सचिव राखेर नाम बिगारेका लौह पुरुषको काम वासना यही मेटिने छ। सिडियो सापहरु अस्लिल भिडियो हेरेर माया लाग्दा खोया बिर्के पसलतिर पस्नु पर्दैन। सबैलाई आफूलाई फिट हुने ब्यबस्था मिलाई दिन्छु।

कुनै कटेजमा पहेला रङ्गका बत्ति बालेका हुन्छन्। कुनै कटेजमा राता बत्तिहरु बालेका हुन्छन्। हरेक टेबुलमा मधुरा मैनबत्तीहरु बालिन्छन्। कुनातिरका टेबल लिएर बसेका जोडीहरु चुम्बन गर्नमा मस्त हुन्छन्। लुगाहरु अर्ध लगाउन वा पूरा लगाउन कुनै सरोकार हुदैन। त्यहाँ नाङ्गो नाच हुदैन , तर तरीकाको नाङ्गो नाच हुन्छ , कसैले प्रश्न गर्न नमिल्ने नाच। सोम रसको नशा भन्दा पनि काम वासनाको नशा बढी हुन्छ। आधुनिक मान्छेहरुको यस्तै माग बढी भएको छ। यसलाई आधनिक सभ्यताको परिचय भन्छन्।
 
हामी जमाना अनुसार चल्न सिक्नु पर्छ। आफू सधैं व्यस्त हुनपर्ने। त्यत्रा कर्मचारीहरु सम्हाल्नु पर्यो। ठूला ठूला साहू महाजन, राजा, महाराजा, नेता अतिथिहरुको सत्कार गर्नै पर्यो , नत्र लक्ष्मी अर्कोतिर बाटा लाग्छिन्। घरमा खासै समय दिन सकिन्न। श्रीमती र बच्चा कराउँदै गर्छन्। तिमीहरु खाँदै गर, म आउँछु भन्ने अनुरोधात्मक निर्देश दिन्छु। आफूले पनि मनोरन्जन गर्नै पर्‍यो। मलाई कस्ले नाईं भन्छ ,सबै मेरा कर्मचारी हुन्। म साहू हूँ। जो राम्री छे ऊ मेरी हुन्छे। मागे जति पैसा हुर्‍याइदिन्छु। बाथरुममा अरेबियन जस्मिन छरिन्छ। हामी जसै बाथरुममा पसी चिसो पानी सावरबाट झर्न थाल्छ , एक्कासी चिसो पानीले झसङ्ग होइन्छ भन्दै गर्दा दुबोले ढाकिएको चौरमा पानी लगाउन आएको मालीले स्पि्रङ्गकल खोली दिएछ।

धारो खोले पछि आएको चिसो पानीको फोहोरा एक्कासी उसको अनुहारमा पर्दा कूलदिप झसँग भएर ब्युँझ्यो ।

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters