|
अमेरिकाको क्यालिफोर्निया राज्यमा पहिलो पटक नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाल महोत्सव आयोजक संस्था नेपाल विश्व सहयोग संघका अध्यक्ष तथा नेपाल महोत्सव २०१० का संयोजकले एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिनु भएको हो ।
महोत्सव संयोजक मणि नेपाली पनेरुद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ नेपाली क्यालिफोर्नियाको इतिहासमा पहिलो नेपाल महोत्सव सम्पन्न भएको छ। ँ मर्यो जिउदै त्यो जसले बिर्स्यो देशको माटो, बाच्यो सदा त्यो जसले सम्झ्यो देशको माटोू भन्ने महा मन्त्र बाट प्रभावित भएर यो महोत्सवको आयोजना गरिएको हो । तस्पश्चात चरण बद्द रुपमा अन्य संघ सस्थाहरुलाई साझेदारी गर्न आव्हान गरियो। हालको महोत्सव आयोजक समितीले पूर्ण रुप पाउन निकै समय लागेकोले बिगत २ महिना देखि मात्र तयारीमा तिब्रता आएको हो। एस्ता महोत्सवहरुको तयारी गर्न कम्तिमा ६ महिना देखि एउटा समुह नै सक्रिय हुन पर्छ भन्ने अनुभवीहरुको भनाइमा बजन रहेछ भन्ने कुरो आज प्रमाणित भए पनि महोत्सवमा सह भागिता आशा गरेजति नहुनुमा अन्य महत्वपुर्ण तत्वहरुले प्रभाव परेको स्पष्ट छ। इस्वरले असल मौसम, बिबिध सस्थाहरुको सहभागिता र अ मेरिकी मित्रहरुको सहयोग रुपी बरदान दिदा दिदै पनि शनि को बक्र दृष्टि यो महोत्सव लाई परेको कुरोलाई नकार्न सकिन्न समय जस्तो बलबान केही छैन। सबै कुरो समयले नै छर्लङ पार्ने छ र नेपाली एकता को सत्प्रयास खेर जाने छैन भन्नेमा म ढुक्क छु।
नेपाल महोत्सवको पहिलो दिन आफ्नो ब्यस्त समयमा पनि उपस्थित भएर हाम्रो हौसला राखी दिनु भएकोमा हृदय देखि धन्यबाद दिन चाहन्छु। बिशेष गरि प्रमुख अतिथी द्वय बर्कले ऊप मेअर लिन्डा माइओ तथा नेपाली राज दूतावासका प्रथम सचिव श्री आनन्द शर्मा,उद्घोषक डा आमोद पोखरेल, एन ए एन सि का अध्यक्ष यान राइ , सार्गभित स्वागत भाषण दिनु हुने राजेन थापा तथा आजको स्वयम सेवक टोली नायक कौशल राणा तथा क्रियटिभ नेपाल युथ क्लबका अध्यक्ष नुरेन बराललाई हार्दिक धन्यबाद दिन चाहन्छु। यसै गरि अन्य उद्घोषक हरु प्रतिक थापा तथा व्यबस्थापन सयोजक गम गुरुङ, सास्क्रितिक समिती सयोजक संगिता शर्मा, ऊप सयोजक संगिता धिताललाई मुरी मुरी धन्यबाद छ। लायन ज्ञान पन्थ, लायन सुरेन्द्र वागले तथा लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णका नव निर्वाचित अध्यक्ष लायन चन्द्र धितालको सकृयता प्रति क्रितग्य छु। लायन्स क्लब अफ बर्कली अन्नपुर्ण ले आगन्तुक दर्शक हरुलाई निशुल्क पानी बितरण गरेर तथा लिओ क्लबको सक्रियता साथ परिचालन गरेर धेरै ठुलो गुण लाएको छ। यो कार्यक्रमलाई सफल बनाउन नव गठित लिओ क्लब अफ बर्क्ली अन्नपुर्णको योगदान अविश्मरणिय रहेको छ। यस कार्यक्रमको रोचकता र रौनकता रत्तु लामाजी तथा टीमको मनमोहक सितार तथा तबला बादन, तमु समाज , शेर्पा असोसोयसन अफ क्यालिफोर्निया , तथा तमाङ कोअपरेशन सोसाइटी को सस्क्रितिक झाकि, भेश भूशा र मनमोहक न्रित्यहरुले थपेको थियो। यस्का साथै भुटानी मित्रहरु र नाफ्का, सनी सगरमाथा समाज का मित्रहरुको उपस्थितीले हामीलाई ठूलो हौसला प्रदान गरेको छ।
समापन समारोहमा सरिक हुने प्रमुख अतिथी डेमोक्राटिक पार्टी, ओफ की क्यालिफोर्निया पोलिटिकल डाइरेक्टर पेगी मोर, बिशिस्ट अतिथी नेपाली राज्दूता बासका प्रथम सचिव श्री आनन्द शर्मा, सभापति भोजराज कडेल तथा उद्घोषक ध्रुब थापा प्रति नेपाल महोत्सव आयोजक समिती क्रितग्यता प्रकट गर्दछ। यसका साथै महत्वपुर्ण सहभागिता जुटाउने तमु समाज, स्वयम सेवक जुटाउने क्रिएटिभ नेपाल युथ क्लब तथा लिओ क्लब अफ बर्क्ली अन्नपुर्ण प्रति हामी सदा ऋणी रहने छौ। महत्वपुर्ण बक्ताहरु लायन डेभ पिटर, पेगी देव प्रति पनि हामी त्यत्तिकै आभारी छौ। बिशेष गरी प्रेसिडेन्सिअल अवार्ड्का बिजेता, मेरा अनन्य मित्र तथा मदर्ल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे लाई हार्दिक धन्यवादका साथ बधाई ग्यापन गर्दछु। आफ्नो उपस्थिती जनाएर हाम्रो कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा, सझेदार व्हाइट जोन तथा बे एरिया किरात राइ समाज, साथै बे एरिया समुहका बरिश्ठ सदश्यहरु प्रति धन्यबादी छौ।
यस घडी विश्व सहयोग संघका सस्थापक समुह तथा मेरा कर्मठ सहकर्मीहरुलाई बिर्सनु मेरो ठुलो भूल हुने छ। आफ्नो व्यस्त समयको बाबुजुद मेरो समुहबाट नैतीक, भौतिक तथा आर्थिक सहयोग नमीलेको भए यो कार्यक्रम सम्पन्न हुन असम्भव थियो। धन्यबादको शिल्शिला हाम्रो महत्वपुर्ण बार्षिक सभा देखि सुरु हुन्छ। यो महोत्सवको प्रस्तावक तथा समर्थक बरिश्ठ उपाधक्ष बिनोद भट्ट तथा प्रवक्ता हरिहर दाहालको नाम यो सस्थाको इतिहासमा सुनौलो अक्षरमा रहिरहने छ। बिबिध सस्थाहरु सँग पत्राचार गरेर भेटेर तथा टेलिफोन बार्ता गरि सहभागिता सुनिश्चित पार्नु हुने महा सचिव अनुप श्रीवास्तव प्रति म सदा ऋणी रहने छु। यसका कोशधक्ष ध्रुब राज गिरि, उपादक्ष्य यान राइ, निर्देशकहरु आमोद पोखरेल्, इस्वर सापकोटा, विश्व भट्ट, बैकुण्ठ खनाल , उद्दब गिरि, संगिता शर्मा, गम गुरुङ, पण्डित बासुदेव घिमिरे, सचिव रबिन्द्र पाण्डे, सरक्षक सदश्य हेमा पनेरु, सह कोशधक्ष सपना पनेरु हार्दिक धन्यबाद्का पात्र छन्।
यस महोत्सवलाई सफल पार्न मेरा बालककाल देखिका हितैषी मित्र, समाज सेवी व्यबसायी एबम महोत्सवका कार्यकारी सचिव घन प्रसाद दबाडी को सहयोग महत्वपुर्ण रहेको छ। उहाप्रती म क्रितग्यतापुर्बक धन्यवाद दिन चाहन्छु। यसै क्रममा प्राबिधिक सहयोग पुर्याउने पृथ्वी राज उप्रेती, बिप्लब उप्रेती तथा साउन्ड सिस्टम दियर सहयोग गर्ने कृष्ण भुजेल प्रति हामी आभारी छौ।
मेरा अर्का अनन्य मित्र तथा नेपाल विश्व सहयोग संघ का सस्थापक निर्देशक इस्वर सिटौलाले क्रियटिभ नेपाल युथ क्लब र लायन्स क्लबलाई समायोजन गर्ने महत्वपुर्ण कार्यमा ठूलो योगदान पुर्याउनु भएको छ। हाम्रा अमेरिकी मित्रहरु जिम ह्युज , भिन्सेन्ट कासालिना, जोन गुलिनो, जोन कर्नेल, गोपाल कृष्णमूर्तीको सहयोग हाम्रो समुदायहरुको बीच मित्रताको प्रतिकको रुपमा हेरेको छु ।यसै परिप्रेक्षमा टेस्ट अफ हिमालय रेस्टुरेन्ट बर्कलीको आर्थिक सहयोग प्रति नेपाल महोत्सव सदा ऋणी रहने छ। उहाँ हरुलाई सम्मानस्वरुप आगामी महोत्सवहरुमा बिषेश स्थान र सुबिधा निरन्तर् रुपमा रहने छ भन्ने बचन्बद्दता प्रकट गर्दछु। हाम्रा मिडिया पार्ट्नरहरु हाम्रो समाज, जनपुकार तथा डि सी नेपाल प्रति नेपाल विश्व सहयोग संघ र नेपाल महोत्सव आयोजक समिती सदा ऋणी रहने छ। एन सी तमु समाजको उत्क्रिश्ट भेश भुसा, मनमोहक न्रित्यहरु र अत्याधिक् सहभागितालाई नेपाल विश्व सहयोग संघले उचित मुल्याङ्कन गरि सम्मान गर्ने छ ।
अन्तमा यो महोत्सव समग्रमा हेर्दा असल सुरुवात भएको ठानेको छु। सबै पाहुना आउने पक्का पक्की भएर चौरासी ब्यंजन तयार गरेपछी पाहुनाहरुको अनुपस्थितिले जसरी मन पोल्छ त्यस्तै मन असहज भए पनि हजुरहरुको अमेरिकाको व्यस्तता र व्यक्तिगत मामला प्रती आदर गर्दछु। ध्रुब थापाको प्रमुख सम्पादन, मिडिया चेअर अनिल पाण्डे र महोत्सव सचिव जिम ह्युज को सज्रिय सहयोगमा प्रकाशन भएको कोसेलीलाई स्विकार गरेर पहिलो प्रसव वेदना झै परेको आर्थिक घाउलाई अलिकती भने पनि मलम लगाउन सबै संघ सस्था र महानुभाबहरुलाई हार्दिक आग्रह गर्दछु। अब नेपाल महोत्सव रुपी यो कोमल शिशुलाई यहाँहरुकै काख पोल्टामा सुम्पदै यस् क्रममा भएका जान अन्जानका गल्तिहरु प्रती क्षमा प्रार्थी हुँदै हाललाई बिश्राम लिने अनुमती चाहन्छु विज्ञप्तिमा भनिएको छ ।
|