|
यूएईको प्रथम नेपाली साहित्यिक संस्था नेपाली साहित्य तथा सांस्कृतिक परिषदले आगामी १२ र्फवरीका दिन दुबईको एभरेष्ट ईन्टरनेशनल होटलमा एक गजल मुशायरा आयोजना गर्ने भएको छ ।
नेपाली साहित्यको फांटमा छुट्टै स्थान बनाउन सफल गजल विधाको विकास पछिल्ला दिनहरुमा निक्कै नै बढेको पाइएको छ । सोही अनुरुप गजलकारहरुको पनि बाढी नै आएको छ भन्नु अतिसयोक्ति नहोला । पछिल्लो समयमा यूएईमा बसोबास गर्दै आईरहेका नेपालीहरुको साहित्यिक मोह झन बढेर गएको छ र अझ भन्नु पर्दा यूएईमा त नेपाली साहित्य झांगिएको छ पनि भन्न सकिन्छ । त्यसैको एक उदाहरण हो अब हुन गइरहेको गजल मुशायरा ।
आयोजक संस्थाले दिएको जानकारी अनुसार उक्त गजल मुशायरामा भाग लिन चाहने गजलकारहरुले आफ्नो गजल यात्राको विवरण सहित पांच वटा गजल पठाउनु पर्ने जनाएको छ ।
सो कार्यक्रम सम्बन्धी विस्तृत जानकारीको लागि कार्यक्र संयोजक निमेश गिरी ०५०८७४६३३४, शेषनारायण झा ०५०३५९२२६७ र गिरधारी रिजाल ०५०७२१९१६१ मा सम्पर्क गर्न सकिने पनि आयोजक संस्थाले जनाएको छ ।
|