संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका सम्पूर्ण प्रगतिशील प्रवासी मजदुरहरुको प्रतिनिधि संस्था नेपाली जनप्रगतिशील मञ्च युएइ अन्तर्गत आबुधाबी क्षेत्रीय समितिको एकता भेला ५ फेब्रुअरी २०१० मा डि बि राउतको अध्यक्षतामा २१ सदस्य कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।
आफ्नो स्थापनाकालदेखिनै बिभिन्न सामाजिक कार्य गरेर निकै लोकप्रीय रहेको नेपाली जनप्रगतिशील मञ्च युएई र अर्को संस्था प्रगतिशील प्रवासी मञ्चबीच गत बर्षको सेप्टेम्बरमा केन्द्रीयस्तरमा एकता पश्चात क्षेत्रीय स्तरमा पनि एकता सम्भब भएको हो।
सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रामचन्द्र सापकोटा, सचिव चन्द्र गुरुङ, सहसचिव राज भुसाल, कोषाध्यक्ष सरु थापा लगायत अन्य सदस्य रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष उत्तम अधिकारीले समसामयिक प्रशिक्षण दिदै संगठनको आगामी कार्यदिशा बारे स्पष्ट पारेकाथिए । एकता भेलाद्वारा नब निर्वाचित क्षेत्रीय समितिलाई बधाई तथा शुभकामना दिदै उनले संगठनलाई कामकाजी बनाउँदै संगठन विस्तार र प्रवासीहरुको बृहत्तर हितका लागि काम गर्न आग्रह समेत गरे ।
उक्त भेलामा बरिष्ठ सल्लाहकार सदस्य भिम पौडेल लगायत अन्य केन्द्रीय पदाधिकारीहरुको पनि उपस्थिति थियो । नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट प्रतिदद्धता ब्यक्त गदै डि बि राउतले उपस्थित सम्पूर्ण अतिथि र सहभागीलाई धन्यबाद ब्यक्त गरेका थिए । उक्त भेला रामचन्द्र सापकोटाको सभापतित्व र चन्द्र गुरुङको सञ्चालनमा भएको थियो
|