|
नक्कली नोटसहित मोरङको झुर्कियाबाट चार भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा भारत, दादरबरियाका राजेन्द्र मण्डल, सुरेन्द्र साह, सत्यना मण्डल र किशोर साह रहेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक अनिल पौडेलले बताउनुभयो ।
झुर्किया-२ स्थित मेघराज राजवंशीको पसलमा पैसा साट्ने क्रममा चार हजारका नक्कली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तउपर जाली नोट ओसारपोसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
|