गत २५ जुलाई २०१० आईतवार प्रवाशी नेपाली संघ यूएईको आयोजनामा ३२ औं पुष्पलाल स्मृति दिवस आवुधावीमा भब्यताका साथ मनाएको छ।
कमरेड पुष्पलाल श्रेष्टको ३२ औं स्मृति दिवस मनाउँने क्रममा नेपाली प्रवाशी संघ यूएईले पनि प्रवाशमा उहाँ र उहाँको देशप्रतिको देनलाई सम्झना गर्दै ३२ औं पुष्पलाल स्मृति दिवस आबुधावीमा मनाएको हो। कार्यक्रमको अध्यक्षता प्रवाशी नेपाली संघ यूएईका उपाध्यक्ष तथा बिभाग प्रमुख लक्ष्मण सापकोटाले गर्नुभएको थियो भने सञ्चालन प्रवाशी नेपाली संघ यूएईका केन्द्रिय सदस्य गोविन्द खनालले गर्नुभएको थियो।
संगठन विभाग प्रमुख सापकोटाले कमरेड पुष्पलालको संक्षिप्त जीवनी वर्णन गदै उहाँले गरेका कार्यहरुलाई नेपाली जनताले भुल्न नहुने बताउनु भयो। कार्यक्रममा प्रवाशी नेपाली संघ यूएईका केन्द्रिय संवाद बसचिब तथा प्रवक्ता स्याम पाठक, आबुधावी क्षेत्रिय समितिका अध्यक्ष दीपक खड्का, मुसाफा क्षेत्रिय समिति उपाध्यक्ष ज्ञानेन्द्र राई तथा सल्लाहकार सुरज श्रेष्ठ लगायत आबुधावी प्रवाशी संघका कार्यकर्ता तथा अन्य प्रजातन्त्र समर्थकहरुको बृहत उपस्थिति रहेको थियो।
|