|
पत्रकार नारायण वाग्लेले आफूले लेखेको 'मयूर टाइम्स' उपन्यास सामाजिक सद्भावको प्रतीकका रूपमा रहेकाले एकपटक अध्ययन गर्नका लागि सबैलाई आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घको सहयोगमा हिजो यहाँ आयोजित कार्यक्रममा उहाँले मधेसका यथार्थ घटनालाई सकेसम्म चित्रण गरेर सामाजिक सद्भाव कायम गर्ने प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य महेश दास, शाखाका शत्रुघन नेपाललगायतले उपन्यासका विविधपक्षबारे विश्लेषणात्मक टिप्पणी गरेका थिए ।
|