|
जिल्ला कारागार भवनको छानो चुहिएका कारण त्यहाँ राखिएका बन्दी पानी परेको बेला जाग्राम बस्न बाध्य भएका छन् । कारागारको क्षमताभन्दा बढी बन्दी राखिएकाले उनीहरू थप समस्या बेहोरिरहेका छन् । तेह्र जना राख्न बनाइएको कारागारमा ३४ जना कोचिएपछि उनीहरूको जीवन कष्टकर बन्दै गएको बन्दी सुमन गुरुङले गुनासो गरे ।
कारागारभित्रको खुला स्थानमा पाल टाँगेर कैदी राखिएको कारागारप्रमुख किरणराज तिवारीले बताउनुभयो ।
|