|
विगत तीनदिनदेखि लगातार आएको हावाहुरीले जिल्ल्ााका विभिन्न भागमा लगाइएको मकैबाली नष्ट पारेको छ । जिल्लाका अधिकांश भागको मकैबाली हुरीले सखाप पारेको खलङ्गा-७ डुङरीका रामसिह धामीले बताउनुभयो ।
उहाँका अनुसार सदरमुकाम खलङ्गाबाट ११ कोष पूर्वमा पर्ने सिप्टी गाउँ विकास समितिमा पनि हुरीले मकै ढालेको छ । सिप्टी गाविस-४ का राजेन्द्र धामीले आˆनो बारीको मकै साउन ११ गते राति आएको हुरीले ढालेको उल्लेख गर्दै जिल्ल्ााको मर्माक्षेत्रमा पर्ने शेरी, खार, लटिनाथ, तपोवनलगायत आधादर्जन गाविसमा हुरीले मकै ढालेको बताउनुभयो ।
त्यसैगरी, मालिकार्जुन गाविसमा पनि हुरीले मकै बालीमा क्षति पुर्याएको छ । मालिकार्जुन गाविस-९ का चन्द्रसिह धामी आˆनो सबै मकैबाली हुरीले सखाप पारेको बताउनुहुन्छ । जिल्लाको लेकमक्षेत्रमा पर्ने हुनैनाथ, शङ्करपुर, भगवती, ग्वानी, बोहरीगाउँ, सर्मोली, रिठाचौपाता गाविसमा समेत हुरीले मकै बाली नष्ट गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाभरिका करिब डेढदर्जन गाविसमा हुरीले मकैबाली सखाप परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । उक्त कार्यालयका बाली विकास अधिकृत विष्णु अधिकारीले जिल्ल्ाामा करिब छसय ५० हेक्टरभन्दा बढी जमिनमा लगाएको मकै हुरीले नष्ट पारेको बताउनुभयो ।
उहाँले राहतस्वरूप पीडितकिसानलाई तरकारीको बीउ उपलब्ध गराउन सकिने जानकारी दिँदै क्षतिपूर्तिका लागि केन्द्रसँग अनुरोध गरिने उल्लेख गर्नुभयो ।
|