|
डिभिजन सहकारी कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका २६ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको जनाएको छ । सहकारी ऐनअनुसार ती संस्थाले काम नगरेकाले खारेज गरिएको उक्त कार्यालयका निमित्तप्रमुख दुर्गाप्रसाद जैसवालले बताउनुभयो ।
आर्थिक वर्ष २०६५-६६ मा भने पाँचवटा सरकारी संस्थाको दर्ता खारेज गरिएको थियो । पर्सामा सातदर्जनभन्दा बढी सहकारी संस्था क्रियाशील छन् ।
|