|
जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा नेपाल र जापान सरकारको आर्थिक सहयोगमा साना सहकारी सिँचाइ आयोजनाअन्तर्गत राम्जाकोट-५ मा गवादी सिँचाइ पोखरी निर्माण सम्पन्न भएको छ ।
नेपाल र जापान सरकारको एकलाख ४२ हजार पाँचसय र स्थानीय उपभोक्ताको एकलाख ३८ हजार गरी कुल दुईलाख ८० हजार पाँचसय रूपैयाँको लागतमा सो पोखरी निर्माण गरिएको हो । पोखरी निर्माणपछि राम्जाकोट-५ र ८ का ५० परिवार लाभान्वित भएका ग्रामीण कृषि उत्पादक सहकारी संस्थाका प्रबन्ध सञ्चालक राजेश्वर ढकालले बताउनुभयो ।
|