|
उपप्रधानमन्त्री सुजाता कोइरालाले मुलकको वर्तमान समस्या सहमतिको सरकारबिना समाधान नहुने बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीसँंग कुरा गर्दै नेत्री कोइरालाले बहुमतको सरकारले शान्ति र संविधान टुङ्गोमा पुर्याउन नसक्ने भएकाले सहमतिको विकल्प नभएको दाबी गर्नुभयो ।
बहुमतीय आधारमा बनेका दुईवटा सरकारले कुनै काम गर्न नसकेको उल्लेख गर्दै उहाँले दलहरुबीच सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता भएकामा जोड दिनुभयो । बहुमतको सरकार बनाउनु भनेको जनतालाई झुक्याउने षडयन्त्र भएको बताउँदै उहाँले वर्तमान परिस्थितिमा बहुमतको सरकारमा जोड दिएर दलहरुले प्रजातन्त्र जोगाउन सक्दैनन् भन्नुभयो ।
|