|
क्षेत्रीय होटल सङ्घ जुम्लाको आयोजनामा पर्यटन वर्ष २०११ भव्य तरिकाले मनाउने उद्देश्यले जिल्लामा बृहत् छलफल गरिएको छ । पर्यटन वर्ष सफल पार्न काठमाडौँदेखि जुम्लासम्म सिधै हवाई सेवा सञ्चालन गर्नका लागि पहल गर्ने निर्णय गरिएको छ ।
क्षेत्रीय होटल सङ्घ जुम्लाका अध्यक्ष अशोक श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको छ । पर्यटन वर्ष २०११ को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ जुम्लाको अगुवाइमा भदौ १२ र १३ गते जिल्लामा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।
उक्त छलफलमा होटल एसोसिएसन जुम्लाका सचिव ललित जङ्ग महतले पर्यटकलाई घुमाउने क्षेत्र र होटलको रामो व्यवस्था र सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । छलफलमा जिल्लाको गिरी दह, गुठीचौर सम्भावित पर्यटकीय क्षेत्र हुनसक्ने बताइएको छ ।
|