|
रामनगर गाविस-४ मोतिपुर प्रहरी चौकीमा जग्गासम्बन्धी विवादमा प्रहरी कार्यालयमा असार २६ गते भएको झडपमा घाइते भएका ४१ वर्षीय काशीराम बेगको उपचारका क्रममा मृत्यु भएको छ ।
रामनगर गाविस वडा नं ४, ५ र ६ का गाउँलेबीच आपसमा झडप हुँदा आठजना घाइते भएका थिए । घाइतेमध्ये काशीराम बेगको अवस्था गम्भीर भएकाले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएकोमा उपचार हुन नसकेपछि भारतको लखनउ लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
अन्य घाइतेको भने शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भएको थियो ।
|