|
दाङको रेडियो तुलसीपुर संचालक समितिका अध्यक्ष देबीप्रसाद धिताल हेमराजको हत्यासम्बन्धी छानवीन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को टोली दाङ्ग पुगेको छ ।
टोलीले धितालको हत्याको छानविन प्रक्रिया थाल्नुका साथै दाङ र बाँके जिल्लामा रहेका पत्रकारहरुको सुरक्षा व्यवस्थावारे अध्ययन गर्नेछ । नेपालगञ्ज हुदै दाङ्ग पुगेको टोली आज साझ पुनः नेपालगञ्ज र्फकने छ । धितालको हत्या भएको ९ दिन वितिसक्दापनि हत्यामा सङ्लग्नहरु अँझै पक्राउ पर्न सकेका छैनन् । प्रहरीले घटनामा सङ्लग्नहरुको नजिक पुगेको दावी गरेपनि तथ्यहरु सार्वजनिक नगर्दा धिताल हत्याकाण्ड रहस्यमय वन्दै गएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको संयोजनमा टोलीले भोली विहान नेपालगंजमा पत्रकार, सुरक्षा निकाय, पेशागत संगठनका प्रतिनीधी, मानब अधिकारकर्मी लगायतसँग पत्रकारहरुको सुरक्षा अबस्था बारे छलफल गर्नेछ । रेडियो तुलसीपुर एफ.एम. का अध्यक्ष धितालको गत साउन ६ गते अज्ञात समूहले दाङको उरहरीमा गोली हानेर हत्या गरेको थियो ।
|