|
कपिलवस्तुको मोतिपुर-९ मोर्मीमा रहेको त्रिशक्ति सामुदायिक वनमा सालका चिरान काठसहित आरा र बन्चरो बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका प्रमुख पूर्णबहादुुर मल्लको नेतृत्वमा गएको टोलीले सो सामुदायिक वनभित्र सालका झन्डै १५ क्युफिट चिरान काठ काटिरहेको बेला पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठ काट्ने तस्कर फरार रहेको र पक्राउ गरिएको काठ इलाका वन कार्यालय पिपरामा बुझाइएको छ ।
|