|
सञ्चारउद्यमी देवीप्रसाद धिताल (हेमराज)को हत्यासम्बन्धी छानबिन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को टोली तुलसीपुर आइपुगेको छ ।
टोलीले शुक्रबार रेडियो तुलसीपुर सञ्चालक समितिका पदाधिकारी ,रेडियोका स्टेस्न मैनेजर अर्जुन गिरी र समाचार सम्पादक सुशील बस्नेतसँग जानकारी लिएको थियो । त्यसैगरी धिताल परिवारलाई भेट गर्न टोलीे धिताल निवास तुलसीपुर-६ रजौरा पुगेको थियो ।
आइएफजेको टोलीले राप्ती अञ्चल प्रहरी प्रमुख राजबहादुर बिष्टलाई भेटी धितालको हत्यामा संलग्न व्यक्तिको पक्राउका लागि प्रहरीले गरेका गतिविधिका बारेमा जानकारी लिएको छ ।
त्यस्तै टोलीले जिल्लामा सञ्चारकर्मीको अवस्थाका बारेमा पनि आजै जानकारी लिएको छ । टोलीमा आइएफजेका सुकुमार मुरलीधर, पत्रकार महासङ्घका अध्यक्ष धर्मेन्द्र झा, केन्द्रीय सदस्य प्रेम केसी, सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय सदस्य तुला अधिकारी, महासंघ दाङका अध्यक्ष प्रताप रेग्मी र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष नरेन्द्र थापा सहभागी हुनुहुन्छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले सञ्चारउद्यमी धितालको हत्याराबारे सूचना दिनेलाई रु ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।
|