|
फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सर्वस्वसहित जन्मकैद गर्ने पाटन पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले शुक्रबार सदर गरेको छ ।
न्यायाधीशद्वय रामकुमार प्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसलालाईर् सदर गर्ने निर्णय सुनाएको हो ।
अमेरिकी महिना कोन्निजो ब्रोनचिजको हत्या गरेको अभियोगमा शोभराजलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी पाँच बर्षदेखि जेलमा थिए । काठमाडौं जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेपछि शोभराजले त्यसविरुद्ध ०६२ साल कात्तिक २४ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
विभिन्न अभियोगमा जेलमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा यसअघि असार ३० गते हुनु भएको फैसला सरेको थियो ।
|