|
प्रथम महिला कथाकार मोतीलक्ष्मीको शतवाषिर्की समारोह शुक्रबार राजधानीमा मनाइयो । साहित्यकार मोतिलक्ष्मीका मातिमा (मोतीको माला) निबन्ध सङ्ग्रह, सङ्घ अधिनिबन्ध, चखुंचिया सर्वय् (भङ्गेराको सर्वस्व) कविता सङ्ग्रह, मोती कथा सङ्ग्रह,उत्पलवणर कथा सङ्ग्रह र धौबजी (दहीच्युरा) निबन्ध सङ्ग्रह प्रकाशित छन् ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला र उपकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रथम कथाकारका रूपमा स्थापित मोतीलक्ष्मीजस्ती प्रतिभाको चर्चा हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो ।
साहित्यकार नर्मदेश्वरमान प्रधानले नारीलाई आर्थिक तथा शैक्षिक दृष्टिकोणबाट आत्मनिर्भर भएर जीवनयापन गर्ने कुरामा सँधै प्रेरणा दिने बहुप्रतिभाकी धनी मोतिलक्ष्मीलाई नेपाली साहित्यको फाँटले कहिल्यै बिर्सन्ा नहुने धारणा व्यक्त गर्नुभयो ।
|