News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू पहिरोले दुई बेपत्ता, दुईको शव प्राप्त साठी वर्ष अघि र पछि भाग ४
मुख्यपृष्ठ
समाचारहरु
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण »
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता

अर्जुन दाहाल
  दुबई
 

मई दिवस विश्वभरि नै मजदुरहरूको हकहितका लागि मनाइन्छ। बामपन्थी विचारधारासँग सम्बन्ध राख्नेहरूसँग यसको विशेष महत्व रहेको देखिन्छ। एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले मई दिवस मनाउन गरेको आव्हानमा देशका विभिन्न स्थानबाट लाखौं जनता राजधानीमा भेला भए। लाखौंको र्‍याली हेर्दा सम्पूर्ण विश्व नै तिन छक्क परेको छ। लाखौं जनताको र्‍याली शान्तिपूर्ण, अनुशासित र व्यवस्थित हुँदै सभामा परिणत भयो। यसकै अवसर पारेर एउटा आन्दोलन घोषणा गरिएको छ। देशमा ०६७ सालको आगमनसँगै फेरि एउटा अर्को आन्दोलन शुरु भएको छ।

एनेकपा माओवादीले आफ्नो नेतृत्वको सरकारको माग राख्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामा दिन दिलाउन बाध्य पार्ने हिसाबले आन्दोलन छेड्यो। राजधानीमा आन्दोलनको पहिलो दिन लाखौं नेपाली जनता रातो झण्डा, टिसर्ट अनि टोपीमा देखा परे। मई दिवस मनाउन राजधानी आएका कार्यकर्ताहरू आन्दोलनमा उत्रिए।

आन्दोलनमा धेरै जनता घाइते हुन्छ, तनाव बढ्छ, तोडफोड हुन्छ, देश भताभुंग हुन्छ आदि आदि विभिन्न प्रकारका विचारहरु उब्जिनु स्वभाविक थियो र उब्जियो पनि। अझ मानव अधिकारवादी संस्था यसमा धेरै चिन्तित नभएको भने होइन। अन्तर्राष्ट्रिय समुदाय पनि नेपालतर्फ आफ्नो स्याटेलाइटमुखी आँखा तेर्स्याएको भने पक्कै थियो। तर आन्दोलन शान्तिपूर्ण तरिकाले अघि बढ्यो। शान्तिपूर्ण तवरले पनि आन्दोलन हुन सक्छ भन्ने एउटा छाप छोडे माओवादी कार्यकर्ताहरुले। अझ आन्दोलनकारीहरूका लागि प्रस्तुत साँस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक नृत्य र साहित्यिक प्रस्तुतिले आन्दोलनलाई पृथक बनाएको छ। विभिन्न पत्रपत्रिका र अनलाइन मिडियाहरुले आन्दोलन प्रशंसनीय भएको चर्चा गरे।

देशका विभिन्न ठाउँमा भएको आन्दोलनले नेपाली जनताले के चाहेका छन् भन्ने प्रष्ट पारेको छ। एनेकपा माओवादीको राष्ट्रप्रतिको लगाव र जनता प्रतिको झुकाव यसैबाट झल्किन्छ। यसले देशका निम्ति स्वाभिमान र कुनै शक्तिका सामु झुक्न कहिल्यै नसिकेका नेपालीलाई शिर उँचो राख्ने आत्मबल प्रदान गरेको छ। देश विभिन्न भाषाभाषी, भेषभुषा, जातजाति, धर्म, सँस्कृति आदिले सजिएर रंगीन रहेको बेलामा सम्पूर्ण नेपालीले एकपटक देशकानिम्ति आफ्नो स्पन्दन छाम्नु पर्ने बेला भएको छ। किनकि नयाँ दिशा र मार्गदर्शन दिंदै नयाँ नियम, कानून, मूल्य र मान्यताको प्रतिपादन गर्न नयाँ संबिधान लेख्नकालागि ६०१ जना सांसद चुनिएका हुन्। यी ६०१ जनाको कार्य देशमा संबिधान लेख्ने नै हो। यसै अनुरूप संबिधान लेख्न, मस्यौदा तयार पार्न आदि इत्यादि कामका लागि छुट्टा छुट्टै समितिहरुको पनि व्यवस्था गरिएको छ। यति हुँदा हुँदै पनि वर्तमान सरकार संबिधान बनाउनेतर्फ नलागी आफ्नो अस्तित्व गुम्ने हो कि भनेर अस्तित्वको बचाव गर्न लागिपरेको देखिन्छ।

एकपटक हामी सबैले एउटा कुरा बुझ्नु जरुरी छ। गणतन्त्र, संबिधान, संबिधानसभाजस्ता मागहरू कसको हो?  देशमा यसको खाँचो कसले औंल्यायो? यसको प्राप्तिका निम्ति निरन्तर को लडिरह्यो? शाही शासनबिरुद्ध चट्टान भएर को उभियो? कसले यसकालागि बलिदान दिए? को को यसकालागि शहीद भए? गणतन्त्रलाई थोरै मात्रामा भए पनि मान्न सक्ने सम्भावना बोकेका राजा र उनका शाखा सन्तान नै सखाप बनाउने दरवार हत्याकाण्ड भयो। तत्पश्चात् अर्का राजाले तत्कालीन प्रधानमन्त्रीलाई पिंजडामा थुनी देशको शासन आफ्नो मुठ्ठीमा लिएको बेला धेरैले अब पञ्चायती व्यवस्था फर्केको अनुमान लगाएका थिए। हुन पनि सो समयमा नियुक्त गरिएका मन्त्रीहरूको नामावलीले पनि त्यो कुरा पुष्टि हुन जान्थ्यो। तर कसले त्यसको प्रतिकार गर्‍यो? यदि समयमा नै क्रान्तिकारी धारलाई अंगालेर माओवादी पार्टीको स्थापना गरी गणतन्त्र स्थापनाको दौडमा पुष्पकमल दाहाल 'प्रचण्ड', डा. बाबुराम भट्टराई, मोहन बैद्य 'किरण', रामबहादुर थापा 'बादल' जस्ता दर्जनौ कम्युनिष्ट नेताहरु नलागेका भए आज नेपालमा कुन कुन पार्टीको अवस्था के कस्तो हुन्थ्यो र कुन कुन नेता कहाँ कहाँ हुन्थे सोको कल्पना पनि सम्भव छैन।

निरन्तर जनयुद्धको प्रतिफल नै आज नेपालमा ६०१ जना सभासद्हरू, विभिन्न दल र नेताहरूले नयाँ आयाम पाएका हुन्। पिछडिएका वर्ग, आदिवासी जनजाति आदि आदिको हकहितको सुरक्षा गर्नका लागि गणतन्त्र र नयाँ संबिधान बनाउनु परेको हो। तर यी सबै गर्ने श्रेय कसलाई जानुपर्छ भन्ने कुरा गर्दा एनेकपा माओवादीलाई नै जानु पर्ने हो। उनीहरूसँग भएको भिजन, सीप, लगनशीलता र कौशलताको देशमा सही सदुपयोग हुने हो भने हाम्रो देशलाई विकसित मुलुकसँग पाइला मिलाउन केही समय पनि लाग्दैन ।

लाखौं माओवादी कार्यकर्ता सडकमा उत्रिएका छन्, आन्दोलित छन्। सबैको एउटै माग छ – संबिधान बनाउन माओवादी नेतृत्वको सरकार। तर किन वर्तमान सरकार जनताको भावना नबुझीकन सेना परिचालन गर्छु भन्छ? के नेपाली सेनाले ती जनतामाथि गोली चलाउँछ त? आजको समयमा एउटा गोली चल्नु भनेको महाभारतमा अर्जुनको एउटा बाँणबाट सयौं बाँण बन्नु जस्तै हो। के एकजनालाई गोली लाग्दा जनता चूप लागेर बस्लान्? के आन्दोलनमा आएका नेपालीहरू अर्कै ग्रहबाट आएका हुन्? के उनीहरु एलियन्स हुन्?  त्यो एलियन्स पनि जीव हो र उसलाई वाँच्ने अधिकार हुन्छ भने नेपाली जनताको अधिकार भनेको गोली खाने हो त? के सरकारले विदेशी शक्ति र विदेशी सेना नेपाल भित्र्याउन खोजेको हो? सरकारले सेना परिचालन गर्छौं, नेपाली सेना हात बाँधेर बस्न सक्दैन, चूप लाग्ने छैन भन्ने जस्ता अभिव्यक्ति आउँदा पनि मानव अधिकारवादी संस्था किन चूप? नागरिक समाज र अन्तर्राष्ट्रिय समुदाय किन चूप?

विश्व समुदायले छर्लंग्ग हेरिसकेको छ नेपाली जनता र नेपाललाई। अब त दलहरूबीच पनि यो आन्दोलनको बारेमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ। नेकपा एमालेका अग्रपंक्तिका केही नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरिसकेका छन्। अझ देशमा बढ्दै गएको राजनैतिक अस्थिरता र द्वन्द्वको समाधान खोज्नुको सट्टा थिम्पूमा सम्पन्न सार्क सम्मेलनबाट फर्कने बित्तिकै हामीलाई यूरोपीयन यूनियन, सार्क अनि अझ जेष्ठ १४ पछि भारतको समर्थन रहिरनेछ भन्नु कति सार्थक छ? यसले के प्रष्ट पार्छ भने वर्तमान सरकार बिदेशमुखी भएको छ। आफ्नो देशका जनताको चाहना नबुझी छिमेकी राष्ट्रले भनेको मान्नु कुन हदसम्म ठीक हो? के वर्तमान सरकार नेपाल र नेपाली जनताकालागि हो कि बिदेशीलाई खुशी पार्नका लागि हो? त्यसैले देशमा एउटा सच्चा नागरिकले अहिले नेपालको राजनैतिक धरातल बुझ्नु आवश्यक छ र देशको लागि र नेपाली जनताको लागि को लड्न सक्छ अहिलेको महत्वपूर्ण विषय हो।
 
अहिले देशका सम्पूर्ण दलहरू मिलेर माओवादी नेतृत्वलाई सहयोग गर्नु आवश्यकता हो। जनताको भावनालाई बुझेर प्रधानमन्त्रीले सेना परिचालन गर्छु भन्नुको सट्टा आफ्नो राजीनामा पेश गरी समस्याको समाधानको बाटो खोली आन्दोलनमा एकबद्ध भएका लाखौं नेपाली जनताप्रति सद्भाव देखाउनु जरुरी छ। एनेकपा माओवादी नेतृत्वको सरकारमा सबै दलका प्रबुद्ध व्यक्तिहरूको सहभागिता हुनु वर्तमान आवश्यकता हो र समयको माग पनि।

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters