 अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न
ईलामेली समाज यूएईले आफ्नो दोश्रो वार्षिक उत्सवको अवसर पारी बरदुबईको एभरेष्ट इन्टरनेशनल होटलमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो। नेपाली दूतावासका द्वितीय सचिव लोकबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा केही समयअघि ईलाम जिल्लामा भएको आगलागीबाट पीडित परिवारहरुको लागि आर्थिक सहयोग समेत संकलन गरियो।
कार्यक्रममा यूएईका विभिन्न स्थानीय कलाकारहरुले गीत, नृत्य र कविता प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा नेपाली समाज यूएईका भुपू अध्यक्ष चन्द्रप्रसाद सापकोटाले यूएईमा रहँदा सामाजिक संघसस्थामा रही विभिन्न सामाजिक कृयाकलापमा सक्रिय भूमिका खेल्नु भएकोले दोसल्ला ओढाई सम्मान गरियो।
कार्यक्रममा गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष सी.एम. कढाल, नेपाली आदिवासी जनजाति महासंघका अधयक्ष भूवन राई, लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डी.एल. शर्माले समाजका सदस्यहरुलाई शुभकामना पेस गरे।
|